Friday, October 22
Shadow

सुनको भाउ अाज मात्र तोलामा यति धेरैले बढ्यो, पुग्यो यति

काठमाण्डौ – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँमा झरेको सुन भाउ आज फेरि ६ सय
रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार
भइरहेको छ ।

अर्को खबर

काठमाण्डाै – कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै दा’यर भएको रि’ट स’र्वोच्च अ’दालतले खारेज गरिदिएको छ ।

नयाँ पाठ्यक्रमविरुद्ध भगवता अर्यालसमेतले गएको असोज २८ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रि’टमाथि प्रारम्भिक
सुनुवाइ गरेर नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै सर्वोच्चले पटक–पटक सुनुवाइ सार्दै आएको थियो । अब भने
सर्वोच्चले रिट नै खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

रिट खारेज भएसँगै विद्यालय स्तरमा नयाँ पाठ्यक्रम अनुसार पढाउने वा पुरानाे अनुसार पढाउने भन्ने द्विविधाकाे अन्त्य भएकाे छ ।

सरकारले २०७६ सालको फागुनमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
उज्यालो नेटवर्क बाट साभार