Friday, October 22
Shadow

फ्रन्टलाइनरको चित्र मेटार्इयको भित्तामा लेखियो -‘विद्या सुन्दर शाक्य मु’र्दावाद’ ! कस्ले र किन लेख्यो जान्नुस

१८ असार, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले सोही भित्तामा विरो’ध नारा लेखेको छ ।

अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र मेटिएको वि’रोधमा उनीहरुले महानगरपालिकाको वि’रुद्धमा ना’रा लेखेका हुन् ।

नेविसंघ समर्थित विद्याथीहरुले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौं महानगरपालिका मु’र्दावाद’ लेखेका हुन् ।

को’भिड-१९ महा’मारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र बुधबार काठमाडौं महानगरपालिकाले मेटिदिएको थियो ।
मेयर विद्यासुन्दर शाक्यकै निर्देशनमा यो चित्र मेटेको महानगरपालिकाले अब आफ्नै बजेट खर्चेर अर्को चित्र बनाउने योजना बनाएको छ ।

चार जना कलाकार र तीन जना स्वयंसेवकले ६ दिन लगाएर गत जेठ ३० मा निर्माण सकेको यो चित्र महानगर
पालिकाले एकाएक मेटेपछि सर्वत्र आ’लोचना भइरहेको छ ।

को’रोना भा’इरसको महा’मारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान व्यक्त गर्ने चित्र बनाउन दुर्जाङ शेर्पालाई काठमाडौं महा
नगरपालिकाको वडा नम्बर २८ को वडा कार्यालयले अनु’मति दिएको थियो ।

तर, वडा कार्यालयले त्यस्तो अनु’मति दिन नपाउने भन्दै काठमाडौं मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर
ज्ञवालीको निर्देशनमा महा नगरपालिकाले चित्र मेटाएपछि नयाँ चित्र कोर्ने योजना सार्वजनिक गरिएको छ ।

अनलाइनखबरबाट साभार गरियको खबर