Monday, December 6
Shadow

यि ठाउँमा वर्षा झन बढ्ने सम्भावना, होशियारी अपनाउन सबैलार्इ आग्रह !

काठमाडौं । नेपालमा मनसुनी वायु थप सक्रिय बन्दै गएको छ ।

शुक्रबार बिहान पाँच प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज बिहान हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

प्रदेश–१, प्रदेश–२, वागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक–दुई स्थानमा
हल्कादेखी मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ ।

प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै
स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघग’न र चट्या’ङ्गसहित भारी वर्षा तथा एक–दुई
स्थानमा धेरै भारी वर्षा’को सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश
र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ ग’र्जन र च’ट्याङ्गसहित भारी वर्षा र एक–दुई स्थानमा
अति भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

अझै केही दिन निरन्तर झरी पर्ने मौसमविद् गंगा नगरकोटी बताउँछिन् । हालकौ मौसमी प्रणाली अध्ययन गर्दा अझै केही दिन
पानी पर्ने देखिएको उनी बताउँछिन् । बुलेटिनसँगै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ– प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको स’म्भावनाका
साथै प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मे’घगर्जन र चट्या’ङसहित भारी र धेरै भारी वर्षाको
सम्भावना रहेकाले र उक्त प्रदेशका पहाडी भूभागमा भूक्ष’य,

प’हिरो तथा गे’ग्रान बहा’वको जोखि’म रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको स’तह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात
क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्क’ता अपनाउन हुन सबैमा अनुरोध छ । यहाँ खबरबिज बाट साभार गरियको