Sunday, October 24
Shadow

निषेधाज्ञा खुकुलो भयर शान्तीको सास फेर्न नपाउदै आयो यस्तो सम्पुर्णलार्इ निकै नै दुखि बनाउने खबर !

गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै को’रोना म’हामारीको दोस्रो लहर रोक्न झन्डै दुई महिनाअघि जारी नि’षेधाज्ञा आंशिक रूपमा खुला भएको छ।

तर अझसम्म राष्ट्रिय रूपमा को’रोना सं’क्रमण दर २० प्रतिशतको हाराहारीमै छ। पछिल्ला दुई दिनमा त यो २६ प्रतिशतमा उक्लेको छ। पर्याप्त परीक्षण र खोप
अभावसँगसँगै सं’क्रमण दर अपेक्षित हिसाबले न’घट्दा महा’मारी नियन्त्रण चुनौ’तीपूर्ण बन्दै गएको छ।

यो सातादेखि राजधानीमा गरिएको आंशिक खुलापनले सं’क्रमण झन् बढ्न सक्ने विज्ञहरू बताउँछन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा
पिसिआरमार्फत ७ हजार १ सय ३० जनामा भा’इरस परीक्षण भएकोमा २६ प्रतिशतमा सं’क्रमण देखिएको छ। बुधबार पनि सं’क्रमण दर २६ प्रतिशत नै थियो।

चिकि’त्सकका अनुसार हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म को’भिड–१९ हुन सक्ने भएकाले समुदाय’ले समयमै परीक्षण गर्नुपर्छ।
तर त्यसो हुन सकेको छैन। टेकु अस्प’तालको निर्देशकबाट हालै सेवानिवृत्त सागर राजभण्डारी घरपरिवारका सबै सदस्य संक्र’मित हुँदा समेत परीक्षण
नभएको देखिएको बताउँछन्। ‘सं’क्रमण भित्रभित्रै गुम्सिएको छ र त्यही कारणले यो घट्न नसकेको हो,’ उनी भन्छन्।

‘हामीले प’रीक्षणको दायरा बढाउन सकेका छैनौं। कन्ट्याक्ट ट्रेसिङ अत्यन्त कमजोर छ। स्थानीय तहको भूमिका कन्ट्याक्ट ट्रेसिङमा अपेक्षित
देखिएन,’ उनी भन्छन्। पछिल्ला दिनमा प्रदेश १, वाग्मती र गण्डकीमा संक्रमण अन्यत्रको भन्दा बढी देखिएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी सं’क्रमण व्यापक रूपमा फैलिएकाले घट्न समय लागेको तर्क गर्छन्।
‘हामीले वैशाखको मध्यभन्दा चैतको मध्यदेखि निषेधाज्ञा जारी गरेको भए संक्रमण धेरै तल झर्न सक्थ्यो तर ढिलो हुँदा यसले व्यापक रूपमा फै’लिने मौका पायो,’ उनी तर्क गर्छन्।

देशका विभिन्न स्थानमा बा’ढीपहिरो आएकाले प्राकृतिक कारणले मानिसको आवतजावत कम हुने हुँदा तत्काल सं’क्रमण
ह्वात्तै नबढे पनि भदौपछि यो फेरि बढ्न सक्ने उनी बताउँछन्।

यो समाचार आजको नागरिक दैनिकमा छ ।