Tuesday, October 26
Shadow

यात्रु सँग तेब्बर बढी सम्म भाडा !

काठमाण्डाै – ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट यात्रुसँग तीन गुणा बढीसम्म भाडा लिइ ठ गी गर्ने आठ जनालाई प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेहरू टिकट काउन्टरका कर्मचारीदेखि निजी गाडीका चालकहरू समेत रहेका छन् ।

झापाका पुण्यप्रसाद गिरी, गोर्खाका सन्तबहादुर कुमाल, इलामका खेमबहादुर पाँचकोटी, भक्तपुर बस्ने राजीव हिङ्गजु, झापाका सञ्जय खड्का,
कञ्चनपुरका अम्मर ऐर, भक्तपुरका श्याम मछ्या र धनकुटाका हरेन्द्र बुढाथोकी पक्रा’उ परेका हुन् ।

वैदेशिक रोजगारबाट आएका र उपत्यका भित्रिने र बाहिरिने धेरै यात्रु निजी तथा सार्वजनिक गाडीबाट ठ’गीमा परेको गु’नासोपछि ट्राफिक प्र’हरीले
कारबा’हीलाई तीव्रता दिएको छ । काठमाण्डौ भित्रिन र बाहिरिन सार्वजनिक गाडीले अनुमति नपाए पनि कार, जीप, भ्यान लगायतका निजी गाडीले
चर्को भाडामा यात्रु ओसारि’रहेका छन् ।

नि’षेधाज्ञा खुकुलो हुन थालेसँगै यात्रु ठ’गिन सक्ने र स’मस्यामा पर्न सक्ने कुरालाई मध्यनजर गर्दै ट्राफिकले यात्रु बनेर भाडा मोलमो’लाई गर्ने, गोप्य रूपमा बुझ्ने,
निगरा’नी गरी यात्रुसँग बढी भाडा लिएका व्यक्तिहरूलाई प’क्राउ गरी कारबा’ही गर्ने गरेको महाशाखा प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक
भट्टराईले बताउनुभयो ।उज्यालो अनलाइन