Sunday, October 24
Shadow

बत्ती झ्यापझ्याप गएर आजित भएर एक किशोरले यस्तो गरे पछि …

गोरखा : छिनछिनमा बिजुली बत्ती जाने समस्याले आजि’त भएपछि गोरखाका उपभोक्ताहरु आजित भएका छन् ।

अनलाईन कक्षा संचालन भइरहेको, परीक्षाको तयारी चलिरहेको बेला छिनछिनमा बत्ती आउने जाने गर्दा पढ्न समस्या भएको विद्यार्थी गु’नासो गर्छन् ।

यस्तै सम’स्याले आ’जित भएपछि गोरखाका एक किशोर प्लेकार्ड सहित गोरखा सदरमुकामको बसपार्कमा सांकेतिक विरो’धमा उत्रिएका छन् ।
हातमा प्लेकार्ड लिएर एक युवा बिहीवार दिनभर एकल प्रदर्शनी गरे ।

छिनछिनमा विद्युत काटिनुको कारण के हो ? सम’स्याको समाधान गर्नु पर्दैन ? विद्युत प्राधिकरणले ला’परवाही गरेकै हो ? जस्ता
विषय लेखिएको प्लेकार्ड बोकेर ती किशोर बसेका थिए ।

‘धेरै पहिलेदेखि गोरखामा बत्ती जाने सम’स्या छ तर समस्या समा’धान गर्नेतर्फ कसैले ध्यान दिएन’, उनले भने, ‘कहाँ भन्ने, कसलाई
भन्ने थाहा भएन त्यसैले यहाँ बसेर विरोध गरेको हुँ ।’ ती युवाले आफू विद्यार्थी भएको बताउँदै परिचय भने खुलाएनन् ।

साभार यहाँबाट गरियको