Tuesday, January 18
Shadow

२२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा २५० मिटरको एस्टोरोइड पृथ्वीतर्फ आउँदै ! के होला त अब?

काठमाडौं। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले २५० मिटरको विशाल एस्टोरोइड २२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ
आइरहेको र यो अाज बिहीबार पृथ्वीको सबैभन्दा नजिकबाट जाने बताएको छ।

नासाले यो एस्टोरोइडलाई २००६ देखि निगरानी गरिरहेको थियो । यो एस्टोरोइड गोल्डेन गेट ब्रिजभन्दा अग्लो भएको बताइएको छ ।
यो एस्टोरोइडलाई ‘२०२१ जीएम ४’ नाम दिइएको छ।

नासाका अनुसार यो एस्टोरोइड ११० मिटरदेखि २५० मिटरसम्म फराकिलो हुन सक्छ । यसको पहिचान सबैभन्दा पहिले १० अक्टोबर
२०२० मा भएको थियो। यसअघि यस्तै किसिमको एस्टोरोइड २०२० डिएम ४ २०२० को मे महिनाका पृथ्वीको कक्षनजिकैबाट गएको थियो।

वैज्ञानिकको अनुमान अनुसार अहिले आइरहेको उस्टोरोइड बिहीबार जुलाइ १ का दिन पृथ्वीको छेउबाट जान सक्छ ।
अहिले यसले ६.२९ किलोमिटर प्रतिसेकेण्डको गतिमा यात्रा गरिरहेको छ।

नासाले यसलाई ख तरना क एस्टोरोइडको श्रेणीमा राखेको छ । यो एस्टोरोइड पछिल्लो दिनमा पृथ्वी नजिक आउने एस्टोरोइडमध्ये तेस्रो हो।
नासाले अहिले २ हजार यस्ता एस्टोरोइ डको नि गरानी गरिरहेको छ जो पृथ्वीका लागि खतरा बन्न सक्छन्।

यदि कुनै तीब्र गतिको अन्तरिक्ष वस्तु पृथ्वीभन्दा साढे ४६ लाख माइलको दूरीमा आउन सक्छ भने त्यसलाई ख तर नाक मानिन्छ ।
आगामी १०० वर्षको लागि २२ यस्ता ए स्टो रोइड छन् जो पृथ्वीसँग ठो क्किन सक्ने न्यून स म्भावना छ। कालापानि पोस्तबाट साभार