Saturday, November 27
Shadow

गोल गर्न नसकेपछि समर्थकले स्ट्राइकरलाई स’राप्दै भने, ‘तिम्रा बाल बच्चा म’रुन्’

एजेन्सी – स्पेनले युरोकप २०२० को नकआउट चरणमा स्थान बनाइसकेको छ।

तर, यसअघि समूह चरणको खेलमा स्पेनले पोल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो। स्पेनको घरेलु मैदान सेभियामा भएको यस खेलमा अग्रता लिने राम्रो
अवसर पाएको थियो। तर, जरार्ड मोरिनोले गरेको पेनाल्टी गोलमा परिणत हुन सकेन। अनि, रिबाउन्डमा अल्भारो मोराटाले गरेको प्र’हारमा पनि बलले जाली चुम्न सकेन।

उक्त घटनापछि आफूलाई निरन्तर ध म्की आएको मोराटाले जानकारी दिएका छन्। ‘मानिसहरुले मेरो बेइ’ज्जीत गरे। ध’म्की दिए,
तिम्रा बालबच्चा म’रुन् भने,’ मोराटाले भने।

युभेन्टस्बाट खेलिरहेका यी स्टारले खेलपछि निरन्तर आफ्नो ट्रोल हुँदा त्यस रात सुत्न नसकेको बताएका छन्। यद्यपी, राम्रो खेल्ने र
स्पेनलाई उपाधि जिताउनेमा आफु प्रतिवद्ध रहेको उनले बताए।

उक्त खेलमा समूह चरणमा स्पेनले दोस्रो बराबरी गरेको थियो। जसको कारण स्पेनलाई अघिल्लो चरण प्रवेश गर्न कठिन थियो।
त्यसैले स्पेनका समर्थकहरु पनि नतिजाबाट नि’राश भएका थिए। सोही रिस फुटबल समर्थकले गोल नभएको भन्दै मोराटामाथि रि’स पोखेका हुन्।
स्वदेश नेपाल बाट साभार गरियको