Sunday, November 28
Shadow

महिला लघुवित्त जस्तै आईपीओ भोलीबाट आउदै !

काठमाडौंः मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि आई पीओ विक्री खुला गर्ने भएको छ ।

कम्पनीले जारी पूँजी रू. १२ करोड ११ लाख ५० हजारको३२ दशमलव ११ प्रतिशतले हुन आउने रू. ३ करोड ८९ लाख बराबरको आईपीओ निष्कासन
गर्न लागेको हो ।कम्पनीले प्रति कित्ता १०० अंकित दरका ३लाख ८९ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

यसमध्ये ६ हजार ५८ कित्ता अर्थात् जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्कासनको
५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी

कोषका लागि सुरक्षित गरेको कम्पनीले जानकारी दिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका
लागि आवेदन दिन सक्ने भएका छन् ।आवेदकले न्यूनतम १० कित्तादेखि

अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा असार २१गते र ढिलोमा असार ३१ गते रहेको छ ।

आई पीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा

वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

आर्थिक अभियानबाट साभार गरियको