Sunday, October 24
Shadow

फुटालेर पैसा निकाल्न नसकेपछि चोरहरुले एटिएम मेसिन नै गाडीमा हालेर लिएर गए

काठमाडौं। एटिएम मेसिन ‘फुटाएर त्यसभित्र राखिएको पैसा निकाल्ने प्रयासमा सफल हुन नसकेपछि चोरहरुले
एटिएम मेसिन नै उखेलेर पिकअप गाडीमा हालेर लिएर गएका छन् ।

भारतको राजस्थान राज्यको जोधपुरमा भएको यो घटनामा चो’रहरुले एटिएम उखेलेर लिएर गएको सीसीटिभी
फुटेजबाट थाहा भएको छ । पुलिसले यी चो’रहरुको खोजी गरिरहेको छ ।

न्यूज १८ का अनुसार भावी गाउँ पंचायतको सिरवियों टोलमा युको बैंकको शाखाछेउमा राखिएको एटिएम चोरी भएको हो ।

स्थानीयको सूचनापछि घ’टनास्थल आएको प्रहरीले आसपासका सीसीटिभी फुटेज खोज्दा चोरहरुले एटिएम मेसिन नै उखेलेर
पिकअप गाडीमा हालेर लिएर गएको देखियो । बैंक प्रबन्धनका अनुसार मेसिनमा १० देखि १२ लाख रुपैयाँ थिए । साभार गरियको