Sunday, October 24
Shadow

कुनै पनि केटीले तपाईंलाई मन पराएको कसरी थाहा पाउने ? जान्नुस

कुनै राम्री केटी बाटोमा हिँडिरहँदा धेरै केटाहरुको नजर पर्छ । उनीहरु केटीलाई घु’रेर हेर्ने मात्र होइन, आँखा झिम्क्या’उन, जि’ब्रो
प’ड्का’उन सम्म पछि पर्दैनन् । उस्तैले त ‘आई लभ यू’ नै भनिदिन्छन् । तर, केटीहरुको हकमा यो लागू हुँदैन । केटीहरु स्वभावैले
लजालु हुने भएकाले केटाहरुलाई जि’स्क्याउने त आँ’टै गर्दैनन् ।

बाटो हिँडिरहेको कुनै पुरुष मन पर्‍यो भने उनीहरु खुलेर व्यक्त गर्न सक्दैनन् । चोरी(चोरी हेर्छन् । त्यसैले उक्त पुरुषले थाहै पाउँदैन
कि कुन केटीले उसलाई मन पराइरहेकी छिन् ।तथापि, यस्ता केही संकेतहरु छन्, जसको मद्दतले सजिलै थाहा पाउन सकिन्छ कि
कुनै केटीले तपाईंलाई मन पराइरहेकी त छैन ?

हाँस्नुरमुस्कुराउनु
कुनै केटीले एउटा पुरुषलाई देखेर हाँस्ने वा मुस्कुराउने गर्छिन् भने त्यसलाई सामान्य मात्रै सोच्नु हुँदैन । ती यसले पुरुषप्रति युवती
विशेष रुपमा आकषिर्त छिन् भन्ने संकेत गर्छ । कुनै पनि केटीले कुनै पुरुषलाई देखेर संकेत दिनुपरे उनीहरु प्रायः मुस्कानलाई नै हति
यार बनाउने गर्छन् । यसरी मुस्कुराउँदा सिधै तपाइर्ंलाई नहेरेर अन्यत्र हेरेजस्तो गर्छिन् । त्यसैले, अब तपाईं पनि यो कुरा याद गर्नुस ।

कर्के नजरले हेर्नु
कुनै पनि युवतीले आकर्षक पुरुष देखिन् भने सिधै घुरेर हेर्न सक्दिनन् । उनी कर्के नजरले हेर्न थाल्छिन् । र, पुरुषले देखिहालेमा
नजर अन्तै घुमाउँछिन् । यूवतीहरु यो क्रियाकलाप बारम्बार गर्ने गर्छन् । त्यस क्रममा उनीहरु कयौपटक आँखामा आँखा जुधा’उने
कोशिश पनि गर्छन्, तर सक्दैनन् ।

लुकी लुकी हेर्नु
जब कुनै युवती युवकप्रति आकषिर्क हुन्छिन्, उनी आफूले मन पराएको पुरुषलाई साथीको पछाडी बसेर लुकी लुकी हेर्ने गर्छिन् ।
ताकि उनीहरुले हेरेको तपाईंलाई नोटिस नहोस् । यसो गर्नुको एउटै मात्र कारण भनेको तपाई के गर्दै हुनुहुन्छ भनेर सुटुक्क थाहा
पाउनु हो ।

प्रत्येक गतिविधि याद राख्नु
यदी कुनै केटी तपाईका स साना गतिविधि पनि याद राख्छन् भने बुझ्नुस् की उनको तपाइर्ंप्रति रुची छ । उनले तपाईलाई साच्चिकै
मन पराउँछिन् र तपाईलाई बारम्बार हेर्ने गर्छिन् । त्यति मात्र हैन, उसले तपाईको बारेमा आफ्ना साथी भाईलाई समेत पक्कै बताउँछिन् ।
जसले गर्दा तपाईलाई केटीले मात्र हैन, उनका साथीहरुले पनि नोटिस गर्न थाल्छन् ।

बोल्दा अनुहार रातो हुनु

यदि कुनै केटी तपाईंसँग बोल्दा हड्ब’डाउँछिन्, नर्भ’स हुन्छिन् भने जान्नुस उनको मनमा हल’चल मच्चिइहेको छ । उनले तपाईंलाई मन पराइरहे’की छन् भने यस्तो हुन्छ । यस्तो बेला उनको अनुहार रातो भएको हुन्छ र उनले तपाईंसँग आँखा जुधाएर बोल्न सक्दिनन् ।
चोथाले डट कम