Tuesday, January 18
Shadow

दुई महिनापछि आजदेखि काठमाडौंमा सार्वजनिक यातायात चल्याे, यि नियम पालना नगरे कारबा’ही गरिने

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।

दुई महिनाको निषे’धाज्ञापछि आजदेखि सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन हुन लागेको हो ।
तर २५ सीटभन्दा बढी क्षमताका बस मात्र बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

को’रोना भा’इरसको सं’क्रमण बढ्दै गएपछि सरकारले गत वैशाख १६ निषेधाज्ञा जारी गरेको थियो ।को’रोना सं’क्रमित घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै
काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुर’क्षा मापद’ण्ड कडा’इका साथ पालना गर्दै सार्वजनिक यातायात
सञ्चालन गर्न दिने निर्णय गरेका हुन् ।

उपत्यकाभित्र निषेधा’ज्ञा भने एक साताका लागि थप गरिएको छ ।यसअघिदेखि नै निजी सवारी साधन पनि जोर–बिजोर प्रणालीअनुसार सञ्चालन हुँदै आएका छन् ।
तर लामो दूरीका सवारी साधन भने सञ्चालन गर्न पाइने छैन । सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६
बजेसम्म खोल्न पाइने भएका छन् । इमेज खबरबाबट साभार गरियको खबर