Sunday, October 24
Shadow

तपाँर्इले मोबाइलको स्क्रीनमा को’रोना छ कि छैन कसरी थाहा पाउने ?

काठमाडौं– को’रोना भा’इरसको महा’मारीको रो’कथामका लागि खो’प लगाउनुको साथै साव’धानी अपनाउनु आवश्यक छ ।

सावधानीहरुमा मास्क लगाउने, सामाजिक दूरी पालना गर्ने तथा लक्षण देखिएमा परी’क्षण गर्नु अति आवश्यक छ ।
सं’क्रमित व्यक्तिको वरपर भाइरस रहेको हुन्छ भने मोबाइल यसबाट अछुतो कसरी रहन सक्छ ?

अहिले वैज्ञानिकले मोबाइल स्क्री’नबाट को’रोना पीक्षण गरेर सं’क्रमित व्यक्तिको पहिचान गर्ने तरिका विकसित गरेका छन् ।
यसका लागि अब मुख र नाकमा स्वाब हालेर नमूना लिनु आवश्यक छैन ।

किन स्मार्टफोनबाट जाँच ?

सं’क्रमित व्यक्तिले बाल्दा, खोक्दा र हाछ्यूँ गर्ने क्रममा निस्कने छिट्टाको माध्यमबाट को’रोना फैलिन्छ भन्ने कुरा हमाीलाई थगाहा छ ।
हामीले दिनभरीमा फोन जति अरु कुनै कुरा प्रयोग गर्दैनौं ।

हाम्रो फोन हाम्रो हात र मुखको सम्पर्कमा आइरहन्छ ।यस्तो स्थितिमा सं’क्रमित व्यक्तिको मोबाइल अथवा स्मार्टफोनको
स्क्रीनमा पनि भा’इरस समावेश हुनु स्वभाविक नै हुन्छ ।

यहि कु्रालाई ध्यानमा राखेर वैज्ञानिकले फोन स्क्रीन टेस्टिङको तरिका विकसित गरेका छन् ।

www.elifesciences. org मा प्रकाशित अध्ययन अनुसार को’रोना परीक्षण गर्ने यो तरिका नाम र मुखमा स्वाब हालेर
नमूना संकलन गरेर परीक्षण गरिने भन्दा सजिलो र किफायती प्रमाणित हुने यो तरीकालाई विकसित गर्ने वैज्ञानिकका मान्यता रहेको छ ।

अध्ययन अनुसार सं’क्रमित व्यक्तिको मोबाइल फोनमा पनि भा’इरस हुनु स्वाभाविक हो ।

विभिन्न अध्ययनमा यो कुराको पक्का प्रमाण भेटिएको छ ।उक्त अध्ययनका क्रममा कुल ५ सय ४० मानिसको फोन स्क्रीन टेस्ट र सामान्य आरटीपीसीआर टेस्ट पनि गरिएको छ ।उत्कृष्ट नतिजा प्राप्त गर्नका लागि यी दुबैको परीक्षण भिन्दा–भिन्दै ल्याबमा गरियो ।

धेरै भाइरलको स्तर बढि भएका मानिसमा स्क्रीनको परीक्षण करिव १०० प्रतिशत सही भएको नतिजा आयो त्यस्तै जुन मानिसमा सं’क्रमणको स्तर कम थियो,
उनीहरुमा यसको सफलताको प्रतिशत ८१ दशमलव ३ प्रतिशत रह्यो भने नेगेटिभ मानिसको पहिचानमा पनि फोन स्क्रीन प’रीक्षण ९८ दशमलव ८ प्रतिशत सही पाइयो ।

वैज्ञानिकका अनुसार ठूलो संख्यामा को’रोना परीक्षण गर्नका लागि उक्त प्रविधिको प्रयोग गर्न सकिन्छ ।रिपोर्टका अनुसार उक्त प्रविधिमा स्मार्टफोनको स्क्रीनबाट
नमुना लिएर सलाइन वाटरमा राखिन्छ र त्यसपछि त्यसलाई आरटीपीसीआर परीक्षण प्रकृयामा लगिन्छ ।कोरोना संक्रमणको शुरुवाती क्रममा संक्रमितको सतहबाट
पनि को’रोना फै’लन्छ भनिएको थियो ।

तर पछि भएको अध्ययनमा सीडीसीले सं’क्रमित स्थान र स्वास्थ व्यक्तिको सम्पर्कमा आउँदा को’रोना भाइ’रस फैलन खतरा १०००० मा १ हुन सक्छ भनियो ।
को’रोना सं’क्रमित भएको स्थानभन्दा हावाको माध्यमबाट बढि फैलन्छ भन्ने कुरा पनि प्रमाणित भैसको छ ।एजेन्सीको सहयोगमा कलाकर्मीबाट साभार गरियको