Saturday, October 23
Shadow

अाज यि क्षेत्रमा भारी बर्षा हुने ! एकपटक अवश्य पढेर सतर्क रहनुहोला !

काठमाडौं- मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । बर्खायाममा वर्षा हुनु स्वभाविकै हो ।
तर अविरल वर्षाका कारण नदीनालाको आकार बढेर ध’नजनको क्ष’ति हुन पुगेको छ ।

मनसुनी वायुकै प्रभावले आज सोमबार दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मौसमबारे आधिकारीक सूचना दिने
जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा वर्षा भइरहेको छ ।

मंगलबार र बुधबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

‘प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मे’घगर्जन/चट्ट’याङसहित भारी व’र्षाको सम्भावना रहेको र
उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान

बहावकाे जो’खिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित
हुन सक्ने भएकोले आवश्यक सतर्क’ता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
सुत्र न्युज डटकम मा छापियको खबर ।