Tuesday, October 26
Shadow

काठमाडौमा खुल्यो सार्वजनिक सवारी साधन, यस्ता छन् नयाँ नियम

काठमाडौं ।

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालनमा आउने भएका छन् । तर त्यसका लागि पनि विशेष नियम लागू भएको छ ।
महा’मारीको जो खिम कायमै रहेका कारण सवारी साधन जोर विजोर मात्र चलाउन पाइने छ ।

त्यसका लागि पनि स्वास्थ्य मापदण्ड भने पालना गरेको हुनुपर्नेछ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाकैबीच सवारीसाधनमा जोरबिजोर लागु गरिने जनाएको छ ।

यस अघि नै उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधा’ज्ञा एक साता बढाउने सहमति गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले सार्वजनिक सवारीसाधनमा जोर बिजोर लागु
गरिने तर कस्तो कस्तो अवस्थामा क’डाइ गर्ने भन्नबारे अहिले निर्णय हुन नसकेको जानकारी दिए ।

‘‘सार्वजनिक सवारी साधन सञ्चालनमा आउँदा कस्ता मापदण्डमा कडाइ गरिने भन्नेबारे औपचारीक निर्णय गर्न भने बाँकी छ ।

सोमवार बिहान १० बजे बस्ने बैठकले त्यसवारे औपचारीक निर्णय गर्ने प्रजिअ निरौलाले बताए ।
सार्वजनिक यातायात व्यवसायीले स्वास्थ्य मापदण्ड अनिवार्य गरी सार्वजनिक सवारी सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।
साभार गरियको खबर