Tuesday, October 26
Shadow

काठमाण्डाै उपत्यकाको नि’षेधाज्ञाको सम्बन्धमा यस्तो अायो खबरः नि’षेधाज्ञा पूरै नखोल्न र लामो दुरीका गाडी अझै एक/डेढ हप्ता सञ्चालन गर्न नहुने सुझाव

काठमाण्डाै उपत्यकाको निषेधाज्ञाको सम्बन्धमा साेमवार (भोलि) निर्णय हुने भएको छ ।

काठमाण्डाै जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमवार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको
बैठक बसेर निषे’धाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताउनुभएको हो ।

जिल्ला कोभि’ड सङ्कट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरूलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरू
दिएको भए पनि उपत्यकाको तीन वटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफूहरू परामर्शमै रहेको उहाँले बताउनुभयो ।

उपत्यकामा काे’राेना स’ङ्क्रमण दर घटेको भए पनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । नि’षेधाज्ञा पूरै
नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक/डेढ हप्ता खोल्न नहुने सुझावहरू आएको प्रजिअ पराजुलीले जानकारी दिनुभयो ।

काठमाण्डाै उपत्यकामा एक हप्तादेखि १० दिनसम्म नि’षेधाज्ञा लम्ब्याउनेबारे छलफल भइरहेको छ ।

काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि नि;षेधाज्ञा छ । पछिल्लो पटक थपिएको निषे;धाज्ञा भोलिदेखि सकिँदै छ । उज्यालो अनलाइनबाट साभार गरियको