Friday, October 22
Shadow

‘राजतन्त्र र पञ्चायत फर्काउने तयारी’

काठमाडौं । नेपालमा राजतन्त्र र पञ्चायती शासन फर्काउन खेल भएको राष्ट्रिय सभाका एक सदस्यले दाबी गरेका छन् ।

राष्ट्रिय सभामा सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतकसमेत रहेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले मुलुुकमा राजतन्त्र
र पञ्चायत फर्काउन खोजिएको आ’रोप लगाएका हुन् ।

प्रतिनिधि सभा वि’घटन र त्यसपछि उत्पन्न राजनीतिक अस्थिरताले मुलुक सं’क्रमणकालीन अवस्थामा आइपुुगेका बेला उनले विपक्षी
गठबन्धन राजतन्त्र र पञ्चायत फर्काउन लागिपरेको आरोप लगाएका हुन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कांग्रेसका शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, एमालेका माधवकुमार नेपाल,
जसपाका उपेन्द्र यादवसहित विपक्षी गठबन्धनमा सहभागी नेताहरु मुलुकको राजनीतिलाई पञ्चायत र राजतन्त्रतिर फर्काउन लागेको आरोप लगाएका हुन् ।

यसको अघिल्लो दिन बिहीबार काठमाडौंमा आयोजित सम्पादक र वरिष्ठ पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले राष्ट्रपतिको भन्दा राजाहरुको
शान रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि कटाक्ष गरेका थिए । ‘अहिलेको राष्ट्रपतिको भन्दा हिजो राजाहरुको शान थियो नि’, प्रचण्डले भनेका थिए ।

यसको भोलिपल्ट सांसद भट्टराईले प्रचण्ड सहभागी विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर अघि बढेको आरोप लगाए ।

मुलुकमा राजतन्त्र र पञ्चायत फर्काउन थालिएको भन्दै सबैलाई होशियार हुने आह्वान गरेका उनले फेसबुकमाले लेखेका छन्, ‘‘वि’पक्षी गठबन्धन निर्दलीय
अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको छ । लोकतन्त्र र अग्रगमनको जामाभित्र गठबन्धनको नेताहरू शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र
उपेन्द्रहरूले पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्क’र्म गर्दै हुनुहुन्छ । होसियार बनौं ।’

यसबारे शुक्रबार फेसबुकमा उनले लेखेका छन्, ‘विपक्षी गठवन्धन पंचायत र राजतन्त्र तिर । संविधानको धारा ७६(५) सांसद् र दल दुवैलाई हो ।
प्रधानमन्त्रीको उम्मेदवार हुन दलको निर्णय, समर्थन जरुरी पर्दैन । तर उनलाई प्रधानमन्त्री हुनको लागि दलको समर्थन आवश्यक हुन्छ ।

उनले दलहरूको समर्थन लिनु पर्ने हुन्छ ।उपधारा ५ मा धारा७६को उपधारा २अनुसार भन्ने उल्लेख भएकोले दलले समर्थन गर्नुपर्ने र सांसदलाई ह्वीप
लाग्ने निश्चितछ । बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास हुन सक्दैन ।यद्यपि विपक्षी गठवन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुडाएर लागेको छ ।

लोकतन्त्र र अग्रगमनको जामाभित्र गठवन्धनको नेताहरु शेर बहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरुले
पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ । होशियार बनौं । canada nepal बाट साभार गरियको खबर