Sunday, October 24
Shadow

४१ वर्ष जंगलमा बसेका उनलाई संसारमा महिला छन् भन्ने पनि थाहा थिएन !

काठमाडौं। हामीले साहित्य, फिल्महरुमा टार्जन, मोगली जस्ता पात्रहरुबारे पढेका वा देखेका छौं । उनीहरु आफ्नो जीवन जंगलमै बिताउँछन् ।

तर, यी काल्पनिक पात्रजस्तै एक व्यक्ति वास्तविक जीवनमा पनि छन् जसले ४१ वर्ष जं’गलमा बिताएका छन् । उनलाई उनका पिताले जंगलमै हुर्काए
र उनलाई संसारमा महिलाहरु छन्, महिलाहरुसँग शा’रीरि’क स’न्धपछि ब’च्चा जन्मिन्छन् र सृष्टि चल्छ भन्ने समेत थाहा थिएन ।

अहिले ४९ वर्षका हो भान लांग र उनका पिता हो भान थान्हले ४१ वर्ष घना जंग’लभित्र बसेर बिताए । भिय’तनामको यु’द्धका बेला भागेर जं’गल पसे’का
उनीहरुले कुआंग गाइ प्रान्तको ते त्रा जिल्लामा पर्ने घना जंग’लमा यति लामो समय बिताए । उनीहरुले जंग’लमा रुखका घर बनाए, रुखका बोक्रा र
पातको कपडा बनाएर लगाए र मु’सा मा’रेर खाए । ४ दशकसम्म उनीहरुको कुनै पनि अर्को मानिस र आधुनिक संसारसँग कुनै पनि सम्प’र्क भएन ।

द सनको एक रिपोर्टअनुसार थान्ह त्यतिबेला से’नामा थिए । १९७२ मा अमेरिकी सेुनाको ब’मले उनकी श्रीमती र दुई स’न्तानलाई मा’रि’दि’एपछि उनले २
वर्षका छोरा लां’गलाई लिएर जं’गलभित्र भाग्ने निर्णय गरेका थिए । त्यसपछि ४१ वर्षसम्म कुनै पनि अर्को मानिससँग नभेटेरै बसेका उनीहरुलाई स्थानीयले
२०१३ मा फेला पारेका थिए । त्यसपछि उनीहरु विस्तारै समाजमा घुल’मिल हुन थालेका छन् । उनीहरु अहिले जंग’लनजिकै एउटा घरमा बस्छन् ।

२०१५ मा पर्यटकहरुलाई मानिसको बसोबास नभएको दु’र्गम क्षेत्रमा विदाको प्याकेज उपलब्ध गराउने कम्पनी दोकास्तावेका प्रबन्ध निर्देशक अल्भारो सेरेजोले
लांगसँग भेटेका थिए । उनले लांगसँग जंगलमा जी’वित रहने तरिकाहरुबारे जान्न चाहेका थिए । तर, उनीहरु जंगलमा जहाँ लांग हुर्केका थिए त्यहीँ ५ दिन
साथमै बिताए ।

अल्भारोका अनुसार लांगले महिला र पुरुष छुट्याउन निकै संघर्ष गरेका थिए र उनलाई अहिलेसम्म पनि महि’ला र पुरुषबीचको आधारभूत फरक थाहा थिएन ।

‘म यो पुष्टि गर्न सक्छु कि लांगलाई कहिल्यै पनि न्यूनतम यौ’न इ’च्छा समेत भएन र उनको प्रज’नन सम्बन्धी व्यवहार कहिल्यै पनि देखिएन’ सेरेजोले भने । लांग र
थान्हको खाना फलफूल, तरकारीहरु, मह र बाँदर, मुसा, सर्प, छेपारो, भ्यागुता, चमेरा, चराहरु र माछाजस्ता विभिन्न किसिमका मासुहरु थिए । सेजारोले भने

‘लांगले जनावरको कुनै पनि भाग खेर फाल्दैनथे । जतिबेला म उनीसँग थिएँ मैले लांगलाई जैतुनजस्तै गरी चमेरा खाएको देखेको थिएँ । उनले मुसाको टा’उको र आ’न्द्राभुँ’डी पनि खान्थे ।’

उनीहरुले जंग’लमा सधैं आ’गो बालिराख्थे र जंगलमा भेटिएका सामग्रीहरुबाट विभिन्न भाँडाकुँडा बनाएका थिए । लांगको जीवन सहजै चलिरहेको थियो तर अचानक
उनका पिताको स्वा’स्थ्य बि’ग्रियो । ‘उनका पिताको ख’राब मान’सिक अव’स्थाका कारण लां’ग पछिल्ला केही वर्ष पूरै त’नाव र एङजा’इटीमा बाँचेका थिए । कहि
लेकाहीँ उनी रातभरी जा’गा बस्थे’ सेजारोले भने । जब उनीहरुलाई अरु मानिसले फे’ला पारे त्यसपछि लांगलाई कारमा गाउँ लगिएको थियो जहाँ
उनी आधुनिक विकास देखेर दंग परेका थिए ।

रातमा बल्बबाट प्रकाश आइरहेको देख्दा उनी छक्क पर्थे । लांगका अनुसार रातको समयमा पनि प्रकाशको मजा लिन पाउनु उनका लागि सबैभन्दा
अद्भूत लागेको थियो । त्यसपछि उनले जीवनमै पहिलो पटक टेलिभिजन देखे । यो यस्तो चीज थियो जसबारे उनका पिताले उनी युवा हुँदा भनेका थिए ।
त्यसैले उनलाई त्यहाँ देखिने मानिसहरु बाकसभित्र छैनन भन्ने चाहिँ थाहा थियो । लांग अहिले आधुनिक गाउँमा बस्छन् तर
अझै पनि सामाजिक निय’मलाई भने बेवा’स्ता गर्छन् । dc nepal बाट साभार गरियको खबर