Tuesday, January 18
Shadow

हेर्नुहोला केही दिन पछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही
दिनपछि प्रधानमन्त्री बन्ने बताएका छन्।

शनिबार संघीय संसद्‍ भवनमा आयोजित राजनीतिक बिटका पत्रकारसँगको अन्तक्रियामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

सर्वोच्च अदा’लतमा देउवाको समर्थनमा बहुमत सांसदले हस्ताक्षर बुझाएको र लोकतान्त्रिक मान्यता अनुसार फैसला हुँदा देउवा प्रधानमन्त्री
बन्ने उनको दाबी छ। १४९ सांसदको हस्ताक्षर र १४६ सांसदको रि’ट सर्वो’च्चमा दर्ता भएकाले देउवा प्रधानमन्त्री बन्ने उनको तर्क छ।

प्रधानमन्त्री केपी ओलीले सेटिङमा अदा’लतबाट फैसला भएको भन्दै अदा’लतलाई धम्क्या’उने काम गरेको आ’रोप लगाउँदै उनले अब देउवा
प्रधानमन्त्री बन्ने बताएका हुन्। मन्त्रिपरिषद् विस्तारवि’रुद्ध परेको रि’टमाथि स’र्वोच्च अदाल’तले अन्तरिम आदेश दिँदा प्रधानमन्त्री ओलीले अदा
‘लत सेटिङमा चलेको आ’रोप लगाएको भन्दै प्रचण्डले आ’पत्ति जनाएका हुन्।

‘केपीले अदा’लतलाई धम्क्या’उन र थ’र्काउन थालेका छन्। मलाई देखाएर मेरो से’टिङमा फै’सला रे ! मेरो सेटिङमा नेपाल चलेको भए त…’
प्रचण्डले भने, ‘सर्वोच्चले संवि’धानको व्याख्या अनुसार फैसला गर्छ। लोकतान्त्रिक मान्यता अनुसार फैस’ला गर्छ र गर्नुपर्छ। हेर्नुहोला केही दिनपछि
शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ।’

प्रचण्डले अहिले मु’द्दामा आधारित गठबन्धन बनेको दाबी गरे। यो गठबन्धन पद र स्वार्थका लागि नबनेको उनको भनाइ छ। लोकतान्त्रिक
मान्यताको र’क्षा गर्न गठबन्धन आवश्यक भएको उनको बताए।

‘यो मुद्दामा आधारित गठबन्धन हो। संविधानका मान्यतालाई सबैले स्वीकार गर्नुपर्छ’, प्रचण्डले भने, ‘लोकतान्त्रिक मूल्य
मान्यताको र’क्षा गर्न गठब’न्धन आवश्यक भयो।’

‘माधव नेपाल झन् ठूलो नेता बन्नुभयो’
प्रचण्डले विपक्षी गठबन्धनमा सहभागी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल एमालेको झन् ठूलो नेता बनेको दाबी गरेका छन्।
एमालेको रियल लिडर नेपाल भएको उनको तर्क छ। प्रचण्डले प्रधानमन्त्री केपी ओली खस्किँ’दै ख’स्किँदै गएको र उनलाई हेर्दा लाज लाग्न थालेको बताए।

‘माधवजी झन् ठूलो नेता हुनुभयो। माधवजी उक्लिदै उक्लिदै आउनु भएको छ। एमालेको रियल लिडर चाहिँ माधव नेपाल बन्दै
हुनुहुन्छ’, प्रचण्डले भने, ‘केपीजी त खस्किँ’दै ख’स्किँदै। त्यो केलाई हेर्दा केलाई लाज भनेजस्तो स्थिति बनेको छ।’

प्र’तिगमन परास्त गर्न दिपक मनाङे भेटेँ

प्रचण्डले प्रति’गमनलाई पारस्त गर्न दिपक मनाङे उर्फ राजीव गुरुङलाई भेटेको बताएका छन्। गण्डकी प्रदेशसभाका सदस्य एवम् मन्त्री
मनाङेसँग आफ्नो भेट भएपछि त्यसको आलो’चना भएको भन्दै प्रचण्डले यस्तो बताएका हुन्।

पहिला केपी ओलीले नै मनाङेलाई मन्त्री बनाएको र त्यसपछि सबैले भेट्दा आफूले भेटेको उनको भनाइ छ। मनाङे कांग्रेस नेतृत्वमा गण्डकीमा सरकार
बनेको भोलिपल्ट काठमाडौंमा आएर आफूलाई भेटेको प्रचण्डले प्रष्ट पारे। आफूलाई भेटेर ओलीलाई भेट नदिँदा उनका मान्छेले आ’लोचना गरेको प्रचण्डको
बुझाइ छ। ‘दिपक मनाङेलाई केपीजीले मन्त्री बनाउनु भएको हो। त्यसपछि सबैले भेटे।

प्र’तिगमनलाई परा’स्त गर्न दिपकको सहयोग चाहियो’, मनाङेसँगको भेटबारे प्रचण्डले भने, ‘एक पटक दिपकले प्रचण्डसँग
भेट्ने भन्ने कुरा आयो। मैले हुन्छ भने। सरकार बनाएको भोलिपल्ट आउनुभयो, भेट भयो।’ annapurna post बाट लिइयको खबर