Tuesday, October 26
Shadow

बिश्व चर्चित कलाकार मिस्टर बिनले लिय बिदा , कारण भने यस्तो

बिश्वप्रसिद्ध हास्य कलाकार मिस्टर विनलाई अब मिस्टर विनका रुपमा देख्न पाइने छैन । उनले कला क्षेत्रबाट विदा लिएका छन् ।
उनले अब मिस्टर विनको भूमिका नगर्ने घोषणा गरेका छन् ।

पेशाले इन्जिनियर रोवान एट्कीन्सन पहिलो पटक ३ दशक अघि यो भूमिकाबाट हास्य जगतमा उदाएका थिए । उनको हास्य
साम्राज्य फैलिँदै गयो र टेलिभिजनमा सर्वसाधारणको पहुँचसँगै उनी बिश्वभर चर्चित हुँदै गए ।

यो पनि
लाखौँमा एकले मात्र देख्छन् यस्तो सपना, कतै तपाईले पनि देख्नु भएको त छैन ?
भुलेर पनि यस दिशामा बसेर नखानुहोस् खाना,नत्र दिनुहुनेछ दुु’र्भाग्यलाई निम्तो

तर अहिले आएर मिस्टर विनको भूमिकाका लागि विश्व प्रसिद्ध हास्य कलाकार रोवान एट्किन्सनले अब कहिल्यै पनि मिस्टर विनको
भूमिका नगर्ने घोषणा गरेका छन् । आफूलाई विश्वव्यापी स्टार बनाउने मिस्टर विनको भूमिका अब आफ्नो लागि थकाइलाग्दो भएको
रोवानले बताएका छन् ।

यद्यपि उनले कार्टुन सिरिजमा मिस्टर विनको लागि आवाज दिन भने जारी राख्नेछन् । मिस्टर बीनको एउटा कार्टुन फिल्म अहिले
निर्माणको क्रममा छ । उनी अहिले ६५ वर्षका भए । अब उनले यस्ता भूमिकाबाट थकाइ मार्ने निर्णय गरेको अन्तराष्ट्रिय
समाचारहरुमा जनाइएको छ । एजेन्सी