Saturday, October 23
Shadow

सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै काठमाडौंमा रेल !

नेपाल-चीनबीचको प्रस्तावित रेलमार्गलाई सगरमाथा राष्ट्रिय निकुञ्जहुँदै भूमि’गत सुरूङ निर्माण गरेर लैजान चीनले सुझाव दिएको छ।

साउथ चाइना मर्निङ्ग पोष्टका अनुसार नेपाल-चीन रेल मार्गको परियोज’ना विकासमा खटिएका शीर्ष इन्जिनियरले आफ्नो अध्ययनपछि बुझाएको
सुझावसहितको प्रतिवेदनमा रेल मार्गको केही भाग सं’रक्षित क्षेत्र हुँदै जानुको विकल्प नरहेको उल्लेख गरिएको छ।

परियोजनामा संलग्न एक वरिष्ठ इन्जिनियरले अन्य भूभागबाट रेल लैजान क’ठिन रहेको नि’ष्कर्ष निकाल्दै राष्ट्रिय निकुञ्ज रेल मार्गलाई सुरु’ङ्ग मार्फत
लैजान सकिने विकल्प दिएको उल्लेख छ। प्रस्तावित रेल मार्ग स्वीकृत भएमा वातावरणीय तथा विभिन्न संरक्षित वन्यजन्तुको बासस्थान हुँदै जाने छ।

वातावरण संरक्षि’त क्षेत्रमा ठूला परियोजना निर्माण गर्न चिनि’याँ का’नूनले अनुमति नदिने उल्लेख छ। ८ बिलियन अमेरिकी डलर लाग’त लाग्ने
बताइएको उक्त रेलमार्गले नेपालको अर्थतन्त्र उका’स्नमा प्रमुख भूमिका खेल्ने जनाइएको छ ।

दुई देशको सीमा क्षेत्रमा बिस्तार गरिने एक हजार किलोमिटरसम्मको रेल मार्गका लागि ६ रुट प्रस्ताव गरिएको छ। ती प्रस्तावित ६ मध्ये एक रूट च
यन गरेर काम गरिने छ। कुन रुट छनौट गर्ने भन्नेबारे चिनियाँ प्राविधिक अ’न्यौलमा छन्। प्रस्तावित रुटमध्ये सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेलमार्ग
लैजाने विषयमा बह’स केन्द्रित भएको जनाइएको छ।

रेलवे स्टान्डर्ड डिजाइनमा गएको बुधबार प्रकाशित अध्ययन प्रतिवेदनका अनुसार रेलमार्गको ३० किलोमिटर क्षेत्र राष्ट्रिय निकुञ्ज हुँदै जानेछ। अध्ययनमा
संलग्न भएका शीर्ष इन्जिनियर लियाङ्ग डोङ्गका अनुसार रेलमार्गको सुरु’ङ्गको एक तिहाई भाग पूर्ण रुपमा राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षित क्षेत्रमा पर्छ,
तर सो सु’रूङ्ग पूर्णरुपमा ‘अ’ण्डरग्रा’उण्ड’ हुनेछ।

सान्ची प्रान्तस्थित चिनियाँ रेलवे फस्ट सर्भे तथा डिजाइन इन्स्टिच्युट ग्रुपका वरिष्ठ इन्जिनियर लियाङ दोङले एक तिहाइभन्दा बढी सुरु’ङ सगरमाथा
राष्ट्रिय निकुञ्जमा भू’मिग’त तरिकाले बनाउने सहमति जुटेको उक्त अखबारलाई बताएका छन् ।

हिमाली क्षेत्रको सो सुरुङ्ग पूर्ण रुपमा चिनियाँ क्षेत्रमा हुनेछ र यो हिमाली क्षेत्र हुँदै जाने पहिलो रेल मार्ग बन्ने छ। यसले तिब्बतको रिकाजे क्षेत्रलाई जोड्ने छ।
उक्त रेलमार्गले नेपाली राजधानी काठमाडौंबाट सीमावर्ती सहर गैरुङ हुँदै तिब्बतको रिकाजे सहरलाई जोड्छ । ५१३ किलोमिटर लामो उक्त रेलमार्ग निर्माणमा
८.२७ बिलियन अमेरिकी डलर खर्च हुने इन्जिनियर लियाङले जनाएका छन् ।

रेल मार्ग राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पूर्णरुपमा बाहिर बनाउन सकिने रुटहरु भए पनि त्यसको ला’गत र लम्बाई दो’ब्बर या तेब्बरसम्म पुग्न सक्ने भएकाले केही
खण्ड राष्ट्रिय निकु’ञ्जमै पर्ने गरि विकास गर्नु उपयुक्त देखिएको उनले बताए।

सगरमाथा आधार शिविर हुँदै रेलमार्ग बनाउने प्रस्तावबारे काठमाडौंस्थित चिनियाँ दूतावासले कुनै प्रतिक्रिया जनाएको छैन ।

चीन र नेपालबिच दुई देशलाई जोड्ने रेल मार्ग बनाउने सम्बन्धी सन्धिमा सन् २०१६ मा हस्ताक्षर भएको थियो। यो रेल मार्ग चीनको बेल्ट
एण्ड रोड इन्सि’यटिभ अन्तर्गतको हो।

चिनियाँ पक्षले बुझाएको परियोजना अध्ययन प्रतिवेदनमा उल्लेख राष्ट्रिय निकुञ्ज नेपालको भने होइन। सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेल मार्ग
आउने बारे र त्यस सम्बन्धमा कुनै अध्ययन नभएको राष्ट्रिय निकु’ञ्ज तथा वन्यजन्तु संरक्ष’ण विभागले जनाएको छ। सेतोपाटीबाट साभार