Tuesday, January 18
Shadow

संसद पुनर्स्थापना हुन्छ, देउवा प्रधानमन्त्री बन्छन्

१२ असार, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्था’पना हुने र
शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।

शनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै उनले सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन
परमादेश जारी गर्ने विश्वास व्यक्त गरे । ‘संसदको पनि पुर्नस्थापना हुन्छ । लोकतन्त्रको पनि रक्षा हुन्छ । हामी यसमा ढुक्क छौं’ उनले भने ।

अध्यक्ष यादवले सरकारले कुनै माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको टिप्पणी गरे । ‘कसैको मु’द्दा
फिर्ता भएको छैन, कुनै माग पूरा भएको छैन’ अध्यक्ष यादवले भने, ‘केपी ओलीले त मधेशको माग सुन्नै चाहेका छैनन् । माग कसरी पूरा गर्छन् ?’

मधेशको माग जनसंख्याको आधारमा समावेशी समानुपातिक प्रतिनिधित्व, भाषाको अधिकार, ७ प्रदेशको सट्टा गरी १० जोड १
प्रदेशको अवधारणा ल्याउने भएपनि कुनै माग पूरा नभएको बताए ।

नागरिकताको विषयमा प्रधानमन्त्री ओलीले ठूलो खेल खलेको यादवले आरो’प लगाए । संसदमा टेबुल भइसकेको नागरिकता विधेय
कलाई संसदभित्रै पारित नगराई अ’ध्यादेश बाट ल्याइएको भन्दै उनले भने, ‘एकातिर अध्यादेश जारी गरे, अर्काेतर्फ आफ्नै मान्छे लगाएर खा’रेज गर्न लगाए ।’

आत्मलो’चना गरे ठीकै छ

जसपाभित्रको पूर्व राजपाका नेताहरु प्रतिगमनकारीलाई सघाएको अध्यक्ष यादवले बताए । ओलीको सरकारमा सहभागी
भएकाहरु पार्टीमा पुनः आउन सक्ने उनले बताए ।

‘राजनीतिमा केही पनि असम्भव छैन । उहाँहरु बाटो परिवर्तन गरेर अग्रम’गमनको बाटोमा आई आत्मो’लचना गरे पार्टीमा
रहन सक्नुहुन्छ’ उनले भने । अनलाइन खबर बाट साभार गरियको