Tuesday, October 26
Shadow

राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आप’त्तिजनक – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै राष्ट्रपतिमाथि जथाभा’वी टीकाटिप्प’णी र गाली
ग’लौज गर्ने कार्यमा सक्रिय भएको भन्दै अस’न्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री ओलीले गणतन्त्रप्रति वैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउने तत्वहरू राष्ट्रपतिलाई गाली गर्न
र चिर्थोर्ने कार्यमा अग्रसर भइरहेको आरोप लगाए ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपतिलाई गा’ली गर्ने प्रतिस्पर्धा
चल्नु दुर्भा’ग्यपूर्ण र खेदजनक भएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘अहिले राष्ट्रपतिलाई चि’थोर्ने कम्पिटिसन चलेको छ ।

जसले राष्ट्रपतिलाई गा’ली गर्न सक्यो, मुख छाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन छ ।’ प्रधानमन्त्री ओलीले केही भुत
पूर्वहरूको लस्करले मिट द प्रेस गरेर राष्ट्रपतिलाई गाली गर्दै राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आप’त्तिजनक भएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको बताउँदै राजनीतिलाई सही ढंगले चल्न
नदिँदा त्यस्ता स’मस्या देखिने गरेको जनाए ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।