Tuesday, January 18
Shadow

को’रोना भा’इरसका कारण देशभर २४ घण्टामा यति जनाको मृ’ त्यु !

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा को’रोना सं’क्रमणका कारण ३० जनाको मृ’ त्यु भएको छ।

यो सँगै कुल मृ’तकको संख्या आठ हजार ९७५ जना पुगेको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म छ लाख ६३ हजार ८५७ जनामा सं’ क्रमण पुष्टि भइसकेको छ।

हाल नेपालमा को’रोनाको मृ’ त्युदर ६ दशमलव ६५ प्रतिशत रहेको छ। दैनिक अनलाइनबाट साभार गरियको

यस्तै अर्को खबर असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने
नेपाल विद्युत प्राधिकरणले यही असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने जनाएको छ ।

शनिवार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न
लागेकोले खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुने जनाएको छ ।

सो प्रसारण लाइन बन्द भएपछि प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केबर देखि कोहलपुर सम्मका सबस्टेशनबाट बिद्युत
आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरूका लागि छोटो समयका लागि बिद्युत कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ ।

निर्धारित समय अगावै प्रशारण लाइन जोड्ने काम सकिए सोही अनुसार बिद्युत आपूर्ति गरिने जनाइएको छ । यसै बीच कुलेखानी
जलाशयको पानी प्रयोग गरी सकेसम्म बिद्युत कटौती कम गर्ने प्रयासमा रहेको प्राधिकरणले जनाएको छ ।
साभार रातोपाटी डटकम