Monday, October 25
Shadow

पैसा साटदै हुनुहुन्छ ? यस्तो छ अाजको सटही दर

शनिवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ ४३ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ०३ पैसा कायम भएको छ । भिडियो ।

नेपाल राष्ट्र बैंकले शनिवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो
१ सय ४१ रुपैयाँ ४३ पैसा र बिक्रि दर प्रति युरो १ सय ४२ रुपैयाँ १५ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

यस्तैअर्को खबर मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । भिडियो हेर्नुस।

साथै, हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार बिहान प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पुर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ।
प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भने, प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका प्रदेश नं १, प्रदेश नं २ र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
रातोपाटी डटकमबाट साभार गरियको खबर