Saturday, October 23
Shadow

अब सधैका लागि छोडेर गए हाम्रा ३ करोड नेपालीको मनमा बसेका यी ब्यक्ति !

नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको आज यहाँ सं’क्रमणबाट निधन भएको छ ।

मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उहाँलाई गत आइतबार सङ्क्रमण भएपछि उप’चारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उप’चार भइरहेकै अवस्थामा आज बिहान ६ः०० बजे उहाँको नि’धन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले
जानकारी दिनुभयो । उहाँका पत्नी राधा थापासमेत स’ङ्क्रमण भएर सोही हस्पिटलमा उप’चाररत हुनुहुन्छ । उहाँका दुई छोरी र एक छोरा अमेरिकामा हुनुहुन्छ ।

छोरीहरु बिहीबार काठमाडौँ आइपुग्नुभएको र छोरा शनिबार आइपुग्ने उहाँका छिमेकी तथा पत्रकार सचिन सुब्बा याक्सोले बताउनुभयो । विसं २०६२÷६३ को
जनआ’न्दोलन सफल भएपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो ।
यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ ।