Saturday, October 23
Shadow

रोनाल्डोले बनाय यस्तो कीर्तिमान जुन अब जो कोहीले तोड्न सक्दैन !

काठमाण्डाै – पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने इरानका खेलाडी अली दाइसँगको कीर्तिमान बराबरी गरेका छन् ।

हिजो फ्रान्ससँगको खेलमा दुई गोल गरेका रोनाल्डोले इरानका अली दाइसँगै एक सय नौ गोलको अन्तर्राष्ट्रिय रेकर्ड बराबरी गरेका हुन् ।

सन् १९९३ देखि २००६ सम्म इरानका अली दाइले १ सय ९ गोलको कीर्तिमान बनाएका थिए । उनीसँगै अब रोनाल्डो पनि कीर्तिमान बनाउन
सफल भएका छन् । रोनाल्डो र दाइले मात्रै अन्तर्राष्ट्रिय फुटबलमा ९० भन्दा धेरै गोल गरेका छन् ।

अरु कुनै पनि खेलाडीले ९० भन्दा धेरै गोल गर्न सकेका छैनन् । रोनाल्डोले यसअघि नै युरोकपमा सर्वाधिक गोलको रेकर्ड बनाइसकेका छन् ।
रोनाल्डोले विश्वकप र युरोकपमा संयुक्त रुपमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान समेत तोडेका छन् ।

रोनाल्डोले दुवै प्रतियोगितामा २१ गोल गरेका छन् । उज्यालो अनलाइनबाट साभार गरियको