Monday, October 25
Shadow

माैसम जानकारीः अाज मौसम बदली रही यि स्थानमा वर्षाको सम्भावना !

देशभर आज बुधबारको मौसम बदली रही धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश न २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी
प्रदेशका केही स्थानहरुमा हल्का देखी मध्ययम वर्षा भईरहेको छ ।

बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

यस्तै, राति देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १,
गण्डकी प्रदेश र लुम्विनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साभार गण्डक न्युज

यस्तै अर्को खबर ‘ब्युटीपार्लर हिँडेकी बेहुली गहना लिएर फिल्मी तरिकाले बेपत्ता’

गैंडाकोट नगरपालिकामा विवाहको दिन बेहुली गरगहना र नगद लिएर गायब भएकी छन् ।

शनिबार विवाहको कार्यक्रम हुँदै गर्दा ब्यूटी पार्लर जान्छु भनेर हिँडेकी बेहुली उतैबाट फरार भएपछि बेहुला पक्षले प्रहरीमा उ जुरी हालेका छन् ।

दुई महिनादेखि गैंडाकोट–४, लखनचोकको डेरामा एक्लै बस्दै आएकी गोरखा घर बताउने २८ वर्षीया सलिना खनाल ४ लाख रुपैयाँ
बराबरको गरगहना र १ लाख नगद लिएर फरार भएको बेहुलाको परिवारले बताएको छ ।

तर प्रहरीमा भने ३ लाख बराबरको गरगहना र पटक पटक गरी दिइएको करिब १ लाख नगद लिएर सलिना फरार भएको उजुरी प्राप्त
भएको इलाका प्रहरी कार्यालय,गैंडाकोटका इन्स पेक्टर लक्ष्मी खनालले जानकारी दिए । जनआस्थामा समाचार छ ।

परिवारमा कोही पनि नभएको बताउँदै आएकी सलिनाको गोरखामा आफ्नी भाउजू रहेकाले त्यहिँको मन्दिरमा शनिवार विवाह गर्ने आग्र ह बमोजिम बेहुला
पक्षले तयारी गरेको थियो । बिहान करिब ९ बजे बेहुली पार्लर गएर नफर्केपछि बेहुलापक्षको ओठ तालु सुकेको हो ।

लामो समयसम्म नफर्केपछि आफूहरूले फोन गरेको तर ‘पार्लरमा छु,अहिले फोन उठाउन मिल्दैन’ भनेकी सलिनाले त्यसपछि मोबाइल
अफ गरेको केटा पक्षले बताएको छ । लगत्तै खोजतलास गरे पनि विहेको लागि तयारी गरिरहेकी बेहुली एकाएक गायब भएकी हुन् ।

सलिनाको गैंडाकोट–४ का ईश्वरीप्रसाद अर्यालसँग शनिवा विवाह पक्का गरिएको थियो । आफू र बेहुली खनालबीच एक महिनादेखि निरन्तर
कुराकानी भइरहेको बेहुला अर्यालले बताएका छन् । सलिना र कतारमा रहेका ईश्वरीको चिनजान र भेटघाट नजिकैकी छिमेकी दिदीले गराएकी हुन् ।

सलिनाले विवाहको लागि तयार पारिएको सुनका गहनाहरूमध्ये इण्डियन मंगलसूत्र, तिलहरी, नत्थि, झुम्कासहित एक लाख नगद लिएर गएको बताइन्छ ।
बेहुलीको शनिबारअघिको भनाई उद्धृत गर्दै बेहुलापक्षले भनेको छ ‘सलिनालाई उनको परिवारले हेप्ने गरेको भन्थिन् । त्यसैले परिवारलाई देखाउनको
लागि भए पनि गरगहना लगाएर जान्छु भनेपछि आफूहरूले अघिल्लो दिन नै गरगहना उनलाई दिएको हो ।’

तर शनिवारपछि उनका सानो बुबा भन्ने मान्छेले पनि फोन नउठाएको र भाउजू भनिएकी गोरखाकी महिलाले सलिनासँग आफ्नो कुनै नाता नरहेको
बताएकी छन् । भाउजूले यतिखेर आफू गोरखाबाट बाग्लुङ पुगेको फोनमा बताएको बेहुलाका एक जना नातेदारले जानकारी दिए ।
साभार गण्डक न्युज ।