Monday, October 25
Shadow

जापानको महिला टोलिकी स्टार फुटबलर ‘कुमि’ पुरुष भएको खुलासा ! कसरी भयो त खुलासा जान्नुस !

जापानको राष्ट्रिय महिला टोलीकी खेलाडी कुमि योकोयामाले आफू पु्रुष भएको खुलासा गरेकी छिन् । कुमि जापानको राष्ट्रिय महिला
टोलिले सन् २०१९ मा भएको फिफा विश्वकप खेल्दा स्टार खेलाडी समेत हुन् ।

कुमिले आफ्नो एक साथी को युट्युब च्यानल मार्फत आफू पुरुषबाट लि’ङ्ग परिवर्तन गरी महिला बनेको खुलासा गरेकी हुन् ।

कुमिले सन् २०१९ को विश्वकप खेलेकी थिइन् भने अहिले अमेरिकाको राष्ट्रिय महिला सकर लिगमा वासिङ्गटन स्पिरिटबाट खेल्दै छिन् ।

उनले आफ्नो सन्देशमा अहिलेमात्र लै’ङ्गिक समानता (एल जिबि टिक्यु)को बारेमा कु्रा शुरु हुन लागेको तर पहिले यसबारेमा
समान अनुदार रहेको कारण बताउँन नसकेको तर्क राखेकी छिन् ।

उनले भनेकी छिन्,‘जापानमा भर्खरमात्र एलजि’बिटिक्य् शब्दावलीको प्रयोग हुन लागेको हो । तर मलाई लाग्यो कि म
जस्तो मान्छेले लै’ङ्गिक परिवर्तनको बारेमा बोलिन भने समाज कहिल्यै पनि विकास हुन सक्दैन ।’

म लि’ङ्ग परिवर्तन गरेको एक मानिस हुँ तर यसमा मलाई गर्व छ’,२७ वर्षिया कुमिले भनिन्,‘म सत्य बोल्न चाहन्छु र
यसले नै समाज परिवर्तमा सघाँउ पुर्याउनेछ ।

कुमिले आफ्नो बारेमा सबै सन्देश जापानले २०११ मा विश्वकप जित्दाको टिमकी सदस्य खेलाडी युकी
नागासाताको युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ।

कुमिले जापनको लागि ४३ अन्तराष्ट्रिय खेल खेल्दै १७ गोल गरिसकेकी छिन् ।कुमि एकपटक फिफा पुस्कास
अवार्डको मनोनयमा समेत परेकी थिइन् । खेलोमेलो डटकमबाट साभार गरियको