Sunday, October 24
Shadow

निषे’धाज्ञा खुले पनि यी कुरामा भने अझै रोक ! हेर्नुस

काठमाडौं। काठमाडौं उपत्यकामा मङ्गलवार लागू हुने गरी पुनः एक साताका लागि नि’षेधाज्ञा लम्ब्याइएको छ ।

भोलिबाट हुने निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सैलुन, ब्युटी पार्लर, जि
मखाना, पुस्तकालय, चिडियाखाना, रङ्गशाला र मानिसका भि’डभाड हुने सबै प्रकारका कार्यक्रममा भने रोक लगाइने पहिलेको निर्णय कायम गरिएको छ ।

खुला स्थानमा मानिसहरू भेला हुन्, सभा, जुलुस, जात्रा, महोत्सवमा लगाइएको निषे’ध कायम गरिएको छ । फुटपाथमा हुने व्यवसाय पनि सञ्चालन गर्न पाइने
छैन । पुजारीबाट मठमन्दिरमा हुने नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधिहरूमाथिको रोक कायम राखिएको छ ।

विवाह व्रतबन्ध घरबाट मात्रै गर्न पाइनेछ । यसरी घरबाट हुने विवाह व्रतबन्धमा पनि १० जनाभन्दा जम्मा हुन पाइनेछैन ।यो अवधिमा काठमाडौं उपत्यकामा
पसल तथा निजी यातायातमा निषेधाज्ञा केही खुकुलो पारिए तापनि अन्य पेसा तथा व्यवसाय सञ्चालनमा लगाइएको रोक भने जारी नै छ ।

यो अवधिमा पनि सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस,डान्स बार, दोहोरी, नाचघर, चिडियाखाना,
रङ्गशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालनमा गर्न रोक लगाइएको छ ।

यसका साथै निषे’धाज्ञामा खुला स्थानमा मानिसहरू भेला हुन, भिडभाड गर्न, सभा तथा जुलुस गर्न, जात्रा तथा महोत्सव गर्न, भोजभतेर आदि गर्न
गराउन नपाइने जिल्ला प्रशासन कार्यालय काठमाडौँले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

फुटपाथ तथा खुल्ला ठाउँमा सञ्चालन हुने विभिन्न व्यापार व्यवसाय सञ्चालनमा पनि रोक लगाइएको छ । तो’किएको तरकारी बजार बाहेक अन्य
सार्वजनिक स्थल बाटोमा तरकारी तथा फलफूल विक्री गर्न नपाइने भएको छ ।

विवाह, व्रतबन्ध तथा सामूहिक रूपमा गरिने सांस्कृतिक कार्यक्रमहरू होटेल तथा पार्टी प्यालेसमा समेत गर्न पाइने छैन ।शैक्षिक संस्थाहरू विद्यालय,
कलेज, टयूसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन तथा परीक्षाहरु सञ्चालन गर्न नपाइने रो’क लगाइएको छ ।
सार्वजनिक सवारीसाधनहरु समेत चलाउन पाइने छैन । अार्थिक न्युजबाट साभार गरियको खबर