Monday, October 25
Shadow

जो करोडपति थिए तर मेलम्ची बाढी पछि : ‘एक क्षणमै हामी कं’गाल भयौं !’

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का ३८ वर्षीय बुद्धिप्रसाद गौतमले बेकरी हाउस सञ्चालन गरेर आफ्नो घर परिवारको गुजारा गर्दै आएका थिए ।

विगत १८ वर्षदेखि मेलम्ची बजारमा भाडाको सटरमा बेकरी हाउस सञ्चालन गर्दै आए पनि २ वर्ष अघिदेखि आफ्नै घरबाट व्यापार गर्दै आएका थिए ।
मेलम्चीको मुख्य बजारमा ४ आना जग्गा किनेर १ तला पक्की घर बनाएका थिए ।

पुर्ख्यौली गाउँ रामेछापको गुन्सी भदौरेको पैतृक सम्पत्ति २० रोपनी जग्गा बेचेर शहरमा २० लाख रुपैयाँ आनाको दरमा ४ आना घडेरी किनेको गौतमले
बताए । जग्गा किनिसकेपछि थप २५ लाख रुपैयाँ लगानी लगाएर एकतले पक्की घर बनाएको उनले बताए तर अहिले उनको घरको अत्तोपत्तो नै छैन ।

असार १ गते आएको बाढीले उनको घर पुरिएको छ, घरको भ’ग्नावशेष नै देखिएको छैन । ‘बाढीमा बगेर आएको बालुवा, ढुंगा सहितको लेयरले घर पुरिएको
छ,’ बालुवाको बगर बनेको ठाउँतर्फ देखाउँदै उनले भने, ‘उ त्यो बालुवा र माटोको ढिस्कोमाथि अहिले केही मानिसहरू छन्, त्यसभित्र मेरो घर थियो, जो अहिले पुरिएको छ ।’

भाडाको सटरबाट आफ्नै घरमा बेकरी उद्योग सञ्चालन गर्नका लागि कृषि विकास बैंकबाट १६ लाख रुपैयाँ ऋण स्वीकृत भए पनि १० लाख रुपैयाँ ऋण समेत
लिएका थिए । ‘गौतम बेकरी’ नामले सञ्चालन गरेको उद्योगबाट पाउरोटी, केक,डेरीजन्य उत्पादन गरेर बिक्री वितरण गर्दै आएका थिए । बेकरीको काममा
उनलाई उनकी ३७ वर्षीया पत्नी सीता गौतमले पनि दिनरात सहयोग गर्ने गरेकी थिइन् । मासिक ५० हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताइन् ।
तर बाढी आएपछि सबै सम्पत्ति बर्बाद भएको छ ।

अचानक बाढी आयो भनेर सूचना आएपछि लाएको कपडाबाहेक केही पनि सामान घरबाट निकाल्न नसकिएको उनले बताइन् । ‘घरमा भएको एउटा चप्पल
समेत खुट्टामा लगाउन सकिएन, खाली खुट्टा नै घरबाट बाहिर भाग्नुपर्‍यो,’ उनले भनिन्, ‘अहिले अरु मानिसको चप्पल मागेर बाहिर आफन्तको
शरणमा बस्नुपरेको छ ।’

‘पसलमा २५ लाख रुपैयाँ जतिको त बेकरी मशिन नै थियो, त्यो पनि पुरियो,’ उनले भनिन्, ‘लत्ता, कपडा, सुनचाँदी, नगद, खाने समानदेखि
फर्निचर, टेलिभिजन, फ्रीज लगायत थुप्रै सामान थिए । एउटा सामान पनि निकाल्न सकिएन, सबै बर्बाद भयो, एकक्षणमै हामी कंगाल भयौं !’

साभार लोकान्तर डटकमबाट गरियको हो । लोकान्तरको यो समाचारको लागी यहाँ थिच्नुस ।