Tuesday, October 26
Shadow

प्रचण्डलाई किन भेटे दीपक मनाङेले ? कारण के होला ?

गण्डकी प्रदेशका मन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

मनाङेले प्रचण्डसँग भेटको तस्बिर सार्वजनिक गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको दाबी गरेका छन् ।
मनाङेले प्रचण्डलाई उनकै निवासमा गएर भेट गरेका हुन् ।भेटको तस्बिरमा प्रचण्डपुत्री गंगा दाहाल पनि सँगै देखिएकी छिन् ।

गण्डकी प्रदेशका स्वतन्त्र सांसद मनाङे पछिल्लो राजनीतिक समीकरणमा सरकार निर्माणमा निर्णायक बनेका थिए । मनाङबाट
जितेका उनलाई यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुईपटक प्रदेश सरकारको मन्त्रीमा नियुक्त गरेका थिए ।

केही समयअघि सम्पन्न गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री चयनमा उनले विपक्षी गठबन्धनका उम्मेदवार कांग्रेस नेता कृष्णचन्द्र
नेपाली पोखरेललाई साथ दिएका थिए ।

पोखरेलले पनि उनलाई मन्त्री बनाएका छन् । कुनै पनि मन्त्रीको कार्यविभाजन भने भएको छैन ।

यो खबर फरकधार डटकमबाट साभार गरियको हो ।

अर्को खबरः काठमाडौं, ६ असोज । सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।

आफूमाथि संग्रौला र वाईबाको समूहले प्र हरी हिरासतमै आ:क्रमण गरेको भन्दै युवा नेतृ खुश्बु घिमिरेले उजु री दिएपछि
काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठडमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले उनीहरुलाई अ भद्र व्यवहार कसुरमा पक्राउ गरिएको जानकारी दिए ।
अहिले उनीहरुलाई टेकुमा राखिएको छ । प्रहरीले तीनै जनालाई छलफलका लागि बोलाएको र त्यही क्रममा हिरासतमा लिएको हो ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । यसअघि सं
ग्रौलाको समूहले प्रहरी कार्यालयभित्रै प्रहरीलाई थर्काएको थियो ।-रिपोर्टर्स नेपाल डटकमबाट