Monday, December 6
Shadow

को’रोनाको कारण पछिल्लो २४ घण्टामा यति धेरैको मृ’त्यु !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१ जनाको को’रोनाबाट मृ’ त्यु पुष्टि भएको छ।

आइतबार थप २ हजार ४ सय ४२ जनामा को’रोना सं’क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा सं’क्रमित देखिएको हो।

पछिल्लो २४ घण्टामा ६६७७ जनामा पि’सिआर प’रीक्षण गरिएकोमा १४२१ पोजेटिभ देखिएको थियो भने ४२४९ को एन्टिजेन परीक्षण
गरिएकोमा १०२१ मा पोजे’टिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा कूल २ हजार ४ सय ४२ जना सं’क्रमित थपिएका छन्।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना कोरो’नाबाट निको भएका छन्।

५ असार, काठमाडौं । सरकारले को’भिड–१९ रोक’थाम तथा नियन्त्रणका लागि अब ‘स्मार्ट ल’कडाउन’ लगाउने निर्णय भएसँगै यसको चर्चा चुलिएको छ ।

कोरो’ना रो’कथाम तथा नियन्त्रणमा प्रभावकारी रणनीति अवलम्बन गर्दै अर्थ व्यवस्थालाई पनि चलायमान बनाउने नीति अनुसार
सरकारले स्मार्ट लकडाउनको अवधारणा ल्याउन लागेको हो ।

बुधबार बसेको कोभि’ड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)को बैठकले स्मार्ट ल’कडाउन गर्ने निर्णय गरेको थियो । सं’क्रमणको जो’खिम
रोक्ने रणनीति अवलम्बन गरेर अत्यावश्यक वस्तु उत्पादन तथा आपूर्ति व्यवस्था सहज गर्ने निर्णय बैठकले गरेको थियो ।

अबको साता जारी लकडा उन कायमै राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापद’ण्ड कडा’इका साथ पालना गराई केही क्षेत्र खुला
गरिनुपर्ने निष्कर्ष बैठकले निकालेको थियो ।

महामारीबाट बच्न लक’डाउन र नि’षेधाज्ञा पालना गरिसकेका जनताले अब लागू हुने ‘स्मार्ट लकडाउन’बारे अनभिज्ञता
जाहेर गर्दै यसबारे चासो राख्न थालेका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले जनस्वास्थ्यका मापद’ण्ड स्ट्रि’क्ली लागू गरेर संक्रमण नसर्ने गरी जनजीवनलाई सामान्य बनाउँदै लगिने मोडालिटी नै ‘स्मार्ट लकडाउन’ भएको बताए ।

स्मार्ट लकडा’उनमा भीडभा’ड कम हुने गरी बजार खोल्ने, व्यापार व्यवसाय सञ्चालन गर्ने, कम संख्यामा सवारीका साधन गुडाउने लगायतका
रणनीति समेटिएको उनले बताए । मोडा’लिटीबारे थप छलफल भइरहेको उनको भनाइ छ ।

विशेषतः कोरो’ना सं’क्रमण रोक्दै जनजीवनलाई विस्तारै पूर्ववत् रुपमा फर्काउन अपनाइने व्यवस्था स्मार्ट लक’डाउनमा समावेश भएको उनको तर्क छ ।

सरकारले यसअघि काठमाडौं उपत्यकासहित तराईका जिल्लाहरुमा ५०० र पहाडी जिल्लामा २०० जना सक्रिय ‘संक्र’मित पुगे नि’षेधाज्ञा लगाउने मापद’ण्ड बनाएको थियो ।

पाकि’स्तानमा गरिएको थियो यस्तो अभ्यास

पाकि’स्तानले गत वर्ष कोरो’ना सं’क्रमण रो’कथाम तथा नियन्त्रणका लागि लगाएको ल’कडाउन थेग्न नसक्ने अवस्थमा पुगेपछि स्मार्ट लकडा’उनको अवधारणा ल्याएको थियो । विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने मानिसलाई चरम गरिबीबाट बचाउन पाकिस्तानले यस्तो लकडाउनको अभ्यास गरेको थियो ।

पाकिस्तानले ‘स्मार्ट लकडा’उन’लाई को’रोना सं’क्रमण नियन्त्रणका लागि ल्याइएको महत्वपूर्ण विधि भनेको छ । सुरक्षा निकायसँगको सहकार्यमा मानिसहरुलाई
ट्र्याकिङ, ट्रेसिङ, परीक्षण र क्वारेन्टिनमा राख्नका लागि यस किसिमको लकडाउ नको अवधारणा ल्याइएको थियो । यो योजनाअनुसार सुरक्षा मापद’ण्ड
अपनाएर आर्थिक गतिविधि सञ्चालन गर्न पाइन्छ । तर, अन्य क्षेत्रमा लगाइएको लक डाउन भने कायमै रहन्छ ।

लामो समयको लकडाउनले व्यावसायिक लगायत आर्थिक क्षेत्रहरुमा समस्या देखिन थालेपछि त्यस्तो अनिश्चिततालाई थप बढ्न
नदिन स्मार्ट लकडाउन प्रभावकारी हुने अपेक्षा गरिएको थियो ।

स्मार्ट लकडा’उनका कारण दक्षिण एसियामा भारत, नेपालजस्ता मुलुकको अर्थतन्त्र कडा लकडाउनले ठप्प हुँदा पनि पाकिस्तानमा भने धेरै ठूलो असर देखिएन ।

स्मार्ट लकडा’उनले अर्थतन्त्रलाई चलायमान राख्नुका साथै कोरो’ना सं’क्रमणलाई पनि केही हदसम्म नियन्त्रण गर्न सफल भयो । स्मार्ट ल’कडाउन सुरु गर्दा पाकिस्तानमा को’रोना सं’क्रमण व्यापक मात्रामा फैलिने आशंका थियो । तर आशंका गरिएअनुसार सं’क्रमण फैलिएन ।