Monday, October 25
Shadow

असार ८ देखि यस्ता सवारी साधन मात्र सञ्चालन गर्न दिने तयारी !

काठमाडौँ- कोरो’ना म’हामारीका कारण डेढ महिनाभन्दा लामो समयदेखि निषेधा’ज्ञामा रहेको काठमाडौँ उपत्यकामा असार ८ देखि
निजी सवारी साधन सञ्चालन गर्न दिने तयारी भएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले जोरबिजोर आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिनेबारे छलफल भइरहेको देशसञ्चारसँग बताए।

यसबारे छलफल गर्न काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार अपराह्न बस्दै छ।
‘केही सहज बनाउने भन्ने कुरा भाको छ। आज साँझ ५ बजे हाम्रो संयुक्त बैठक बस्दै छ’, निरौलाले भने।

पछिल्लोपटक थपिएको निषे’धाज्ञाको अवधि सोमबार सकिँदै छ। को’रोना भा’इरस म’हामारीको नियन्त्रण तथा रोकथामका लागि
उपत्यकामा बैशाख १६ गतेदेखि लगातार नि’षेधाज्ञा भइरहेको छ।

सरकारले पछिल्लो एक सातादेखि काठमाडौँ उपत्यकामा निषे’धाज्ञा केही खुकुलो बनाएको छ। सञ्चार संवाददाताबाट साभार

रकारले को’भिड–१९ रोक’थाम तथा नियन्त्रणका लागि अब ‘स्मार्ट ल’कडाउन’ लगाउने निर्णय भएसँगै यसको चर्चा चुलिएको छ ।

कोरो’ना रो’कथाम तथा नियन्त्रणमा प्रभावकारी रणनीति अवलम्बन गर्दै अर्थ व्यवस्थालाई पनि चलायमान बनाउने नीति अनुसार
सरकारले स्मार्ट लकडाउनको अवधारणा ल्याउन लागेको हो ।

बुधबार बसेको कोभि’ड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)को बैठकले स्मार्ट ल’कडाउन गर्ने निर्णय गरेको थियो । सं’क्रमणको जो’खिम
रोक्ने रणनीति अवलम्बन गरेर अत्यावश्यक वस्तु उत्पादन तथा आपूर्ति व्यवस्था सहज गर्ने निर्णय बैठकले गरेको थियो ।

अबको साता जारी लक डा न कायमै राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापद’ण्ड कडा’इका साथ पालना गराई केही क्षेत्र खुला
गरिनुपर्ने निष्कर्ष बैठकले निकालेको थियो ।

महामारीबाट बच्न लक’डाउन र नि’षेधाज्ञा पालना गरिसकेका जनताले अब लागू हुने ‘स्मार्ट लकडाउन’बारे अनभिज्ञता
जाहेर गर्दै यसबारे चासो राख्न थालेका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले जनस्वास्थ्यका मापद’ण्ड स्ट्रि’क्ली लागू गरेर संक्रमण नसर्ने गरी जनजीवनलाई सामान्य बनाउँदै लगिने मोडालिटी नै ‘स्मार्ट लकडाउन’ भएको बताए ।

स्मार्ट लकडा’उनमा भीडभा’ड कम हुने गरी बजार खोल्ने, व्यापार व्यवसाय सञ्चालन गर्ने, कम संख्यामा सवारीका साधन गुडाउने लगायतका
रणनीति समेटिएको उनले बताए । मोडा’लिटीबारे थप छलफल भइरहेको उनको भनाइ छ ।

विशेषतः कोरो’ना सं’क्रमण रोक्दै जनजीवनलाई विस्तारै पूर्ववत् रुपमा फर्काउन अपनाइने व्यवस्था स्मार्ट लक’डाउनमा समावेश भएको उनको तर्क छ ।

सरकारले यसअघि काठमाडौं उपत्यकासहित तराईका जिल्लाहरुमा ५०० र पहाडी जिल्लामा २०० जना सक्रिय ‘संक्र’मित पुगे नि’षेधाज्ञा लगाउने मापद’ण्ड बनाएको थियो ।