Monday, October 25
Shadow

के हो ‘स्मार्ट लकडाउन’ ? कहाँबाट गरियो नक्कल ?

५ असार, काठमाडौं । सरकारले को’भिड–१९ रोक’थाम तथा नियन्त्रणका लागि अब ‘स्मार्ट ल’कडाउन’ लगाउने निर्णय भएसँगै यसको चर्चा चुलिएको छ ।

कोरो’ना रो’कथाम तथा नियन्त्रणमा प्रभावकारी रणनीति अवलम्बन गर्दै अर्थ व्यवस्थालाई पनि चलायमान बनाउने नीति अनुसार
सरकारले स्मार्ट लकडाउनको अवधारणा ल्याउन लागेको हो ।

बुधबार बसेको कोभि’ड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)को बैठकले स्मार्ट ल’कडाउन गर्ने निर्णय गरेको थियो । सं’क्रमणको जो’खिम
रोक्ने रणनीति अवलम्बन गरेर अत्यावश्यक वस्तु उत्पादन तथा आपूर्ति व्यवस्था सहज गर्ने निर्णय बैठकले गरेको थियो ।

अबको साता जारी लकडाउन कायमै राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापद’ण्ड कडा’इका साथ पालना गराई केही क्षेत्र खुला
गरिनुपर्ने निष्कर्ष बैठकले निकालेको थियो ।

महामारीबाट बच्न लक’डाउन र नि’षेधाज्ञा पालना गरिसकेका जनताले अब लागू हुने ‘स्मार्ट लकडाउन’बारे अनभिज्ञता
जाहेर गर्दै यसबारे चासो राख्न थालेका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले जनस्वास्थ्यका मापद’ण्ड स्ट्रि’क्ली लागू गरेर संक्रमण नसर्ने गरी जनजीवनलाई सामान्य बनाउँदै लगिने मोडालिटी नै ‘स्मार्ट लकडाउन’ भएको बताए ।

स्मार्ट लकडा’उनमा भीडभा’ड कम हुने गरी बजार खोल्ने, व्यापार व्यवसाय सञ्चालन गर्ने, कम संख्यामा सवारीका साधन गुडाउने लगायतका
रणनीति समेटिएको उनले बताए । मोडा’लिटीबारे थप छलफल भइरहेको उनको भनाइ छ ।

विशेषतः कोरो’ना सं’क्रमण रोक्दै जनजीवनलाई विस्तारै पूर्ववत् रुपमा फर्काउन अपनाइने व्यवस्था स्मार्ट लक’डाउनमा समावेश भएको उनको तर्क छ ।

सरकारले यसअघि काठमाडौं उपत्यकासहित तराईका जिल्लाहरुमा ५०० र पहाडी जिल्लामा २०० जना सक्रिय ‘संक्र’मित पुगे नि’षेधाज्ञा लगाउने मापद’ण्ड बनाएको थियो ।

पाकि’स्तानमा गरिएको थियो यस्तो अभ्यास

पाकि’स्तानले गत वर्ष कोरो’ना सं’क्रमण रो’कथाम तथा नियन्त्रणका लागि लगाएको ल’कडाउन थेग्न नसक्ने अवस्थमा पुगेपछि स्मार्ट लकडा’उनको अवधारणा ल्याएको थियो । विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने मानिसलाई चरम गरिबीबाट बचाउन पाकिस्तानले यस्तो लकडाउनको अभ्यास गरेको थियो ।

पाकिस्तानले ‘स्मार्ट लकडा’उन’लाई को’रोना सं’क्रमण नियन्त्रणका लागि ल्याइएको महत्वपूर्ण विधि भनेको छ । सुरक्षा निकायसँगको सहकार्यमा मानिसहरुलाई
ट्र्याकिङ, ट्रेसिङ, परीक्षण र क्वारेन्टिनमा राख्नका लागि यस किसिमको लकडाउ नको अवधारणा ल्याइएको थियो । यो योजनाअनुसार सुरक्षा मापद’ण्ड
अपनाएर आर्थिक गतिविधि सञ्चालन गर्न पाइन्छ । तर, अन्य क्षेत्रमा लगाइएको लक डाउन भने कायमै रहन्छ ।

लामो समयको लकडाउनले व्यावसायिक लगायत आर्थिक क्षेत्रहरुमा समस्या देखिन थालेपछि त्यस्तो अनिश्चिततालाई थप बढ्न
नदिन स्मार्ट लकडाउन प्रभावकारी हुने अपेक्षा गरिएको थियो ।

स्मार्ट लकडा’उनका कारण दक्षिण एसियामा भारत, नेपालजस्ता मुलुकको अर्थतन्त्र कडा लकडाउनले ठप्प हुँदा पनि पाकिस्तानमा भने धेरै ठूलो असर देखिएन ।

स्मार्ट लकडा’उनले अर्थतन्त्रलाई चलायमान राख्नुका साथै कोरो’ना सं’क्रमणलाई पनि केही हदसम्म नियन्त्रण गर्न सफल भयो । स्मार्ट ल’कडाउन सुरु गर्दा पाकिस्तानमा को’रोना सं’क्रमण व्यापक मात्रामा फैलिने आशंका थियो । तर आशंका गरिएअनुसार सं’क्रमण फैलिएन ।