Monday, October 25
Shadow

पछिल्लो २४ घण्टामा देश भर यति धेरैमा देखियो कोरो’ना !

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ७८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । नेपालमा बितेको २४ घण्टामा थप ४
हजार २० जना को’रोना सं’क्रमण मुक्त भएका छन् ।

यस्तै देशभर जारी निषे’धाज्ञाको स्वरुपमा परिवर्तन गरिने भएको छ । को’भिड–१९ सं’कट व्यवस्थापन केन्द्र
(सी सी एम सी)को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो ।

सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा
जोर–बिजोर लागु गरिने जानकारी दिए । उनले सरकारी कार्यालय र अन्य सीमित क्षेत्र खुलाउने निर्णय गरिएको बताए ।

‘‘असार ७ गतेसम्मको को’रोना सं’क्रमणको अवस्था अध्ययन गरिनेछ । त्यसपछि मात्रै कुन–कुन क्षेत्रमा के–के गर्न दिइने
भन्नेबारे थप निर्णय गरिनेछ,” शर्माले भने ।

गएको वैशाख १३ गते बाँकेबाट सुरु निषेधाज्ञा अहिले ७५ जिल्लामा जारी छ । काठमाडौं उपत्यकामा पछिल्लो पटक असार ७ सम्म निषे
धाज्ञा थप गरिएको छ । कार्यकारी निर्देशक शर्माका अनुसार असार ७ पछि पनि निषेधा’ज्ञालाई नै निरन्तरता दिइनेछ ।

‘‘असारपछि पनि ल’कडाउनलाई नै निरन्तरता दिई को’रोना सं’क्रम’णदरको अवस्थाबारे विश्लेषण गरिनेछ । त्यसै अनुरुप स्वास्थ्य मा’पद
ण्डमा कडा’इ गरी चरणबद्ध रुपमा लक’डाउन खुकुलो बनाउँदै लगिनेछ,” उनले भने ।

शर्माका अनुसार अब अन्य व्यापार, व्यवसाय खुलाउन दिइनेछ । ‘‘अहिले जारी निषे’धाज्ञामा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसलहरु खुलाउन
दिइएको छ । तर, असार ७ पछि भने यस्तो हुने छैन । स्मार्ट लकडा’उन जारी भएपछि विभिन्न किसिमका पसलहरु खोल्न दिइनेछ,” शर्माले भने,
‘‘यसका लागि समय तोकिनेछ । खाद्यान्न पसललाई ९ बजेसम्म खोल्न दिने गरी समय तोकिनेछ ।

कपडा पसल, इलेक्ट्रोनिक पसल १० देखि १२ बजेसम्म खोल्ने समय मिलाइनेछ । त्यस्तै, हार्डवेयर पसल १ देखि ४ बजेसम्म खोल्न दिइने
समय तालिका बनाइनेछ । विकास निर्माण क्षेत्र र अत्यावश्यक उद्योग स्वास्थ्य मापद’ण्ड पालना गरी खोल्न दिइनेछ ।”

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीसीएमसीको बैठक बसेको थियो । उक्त बैठकले निषेधाज्ञालाई ‘स्मार्ट लकडा’उन’मा परिणत
गर्ने निर्णय गरेको हो ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सं’क्रमण नबढ्ने गरी खुकुलो बनाउँदै लैजानुपर्ने बताएका थिए ।

स्वास्थ्य मापद’ण्डमा क’डाइ गर्दै चरणबद्ध रुपमा जनजीवन सहज बनाउँदै लैजानुपर्ने ओलीको भनाइ थियो । साभारः बाह्रखरी – कविराज कार्की