Sunday, October 24
Shadow

नेपालको मौसम अब केहि दिन यस्तो रहने !

काठमाण्डाै – आज मौसममा केही सुधार भएको छ ।

मनसुनी प्रणाली नेपाल भित्रिएसँगै देशभर पानी पर्न थालेकोमा आज मौसममा केही सुधार देखिएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

अहिले वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा सामान्य पानी परिरहेको छ । बाँकी केही ठाउँमा सामान्य बादल लागेको र
केही ठाउँमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा अहिले समान्यतया मौसम सफा रहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेकोले दिउँसोपछि बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सापकोटाले बताउनुभयो । आज
वाग्मती र प्रदेश-१ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । तर लामो समय पानी पर्ने नदेखिएको उहाँले बताउनुभयो ।

अबको तीन दिन देशका धेरै ठाउँमा बादल लागेर सामान्यदेखि मध्यम पानी परे पनि निरन्तर लामो समय ठूलो पानी पर्ने सम्भावना नदेखिएको मौसम पूर्वानुमान
महाशाखाले जनाएको छ ।यसअघि धेरै पानी परेकोले सामान्य पानी पर्दा पनि पहिरो तथा बाढीको सम्भावना रहने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ । साभारः उज्यालो अनलाइन