Monday, October 25
Shadow

सुनकाे मूल्यमा भारी गिरावट ! प्रति तोला पुग्यो यति ।

नेपाली बजारमा सुनको भाउ घटेको छ ।

सुन तोलामा एक हजार २०० रुपैयाँले घटेर ९० हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो (बिहीबार) सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य ९० हजार ३०० रहेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर एक हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ । साभार फरकधार

यस्तै अर्को खबर

पर्वतको फलेवास नगरपालिकाका किसान दूध बिक्री नहुँदा मर्कामा परेका छन् । लामो समयको निषे’धा
ज्ञाका कारण दूध बिक्री नभएकाले किसान मर्कामा परेका हुन् ।

फलेवासको देवीस्थान र कुर्घाका करिव एक हजार ५ सय जना कृषकहरु सहकारीमा आवद्ध भई पशुपालन गर्दै आएका छन् । उनीहरुले फलेवासमा संकलन
केन्द्र सञ्चालन गरी दूध संकलन गर्दै आएका छन् । दूध बिक्री गरेर जिविका चलाउँदै आएका किसान बिक्री नहुँदा समस्यामा परेका बताउँछन् ।

फलेवासको संकलन केन्द्रमा दैनिक दैनिक १०० देखि २०० लिटरसम्म दूध संकलन हुन्छ । दूध बिक्री नभएमा दूधबाट अन्य परिकार बनाउने उपकरण छैन ।
उपकरण भएको भए मिल्क होलिडेमा अन्य परिकार बनाएर बिक्री गर्न सके घाटा पूर्ति गर्न सकिने किसानहरु बताउँछन् ।

ऋण खोजेर चर्को मूल्यमा गाई भैंसी खरीद गरी दूध बेचेर गुजारा चलाउँदै आएका किसानहरुलाई दूधले बजार नपाएपछि ठूलो समस्या भएको फलेवासदुग्ध
सहकारी संस्थाका पूर्व अध्यक्ष भरत श्रेष्ठको भनाइ छ । उक्त शहकारीमार्फत यहाँ वरपरका स्थानीय किसानहरुले दूध संकलन गरी
पोखराको लवकुश डेरी उद्योगमा लगेर बिक्री गर्दै आएको श्रेष्ठले बताए ।

निषे’धाज्ञाका कारण उक्त डेरीले बजार बन्द भएर दूध बिक्री वितरण गर्न नसकेको बताएपछि दूध संकलन अभियान बन्द गरिएको छ । यस्तै देवीस्थानको
कृष्णगण्डकी दुग्ध सहकारी संस्थामा पनि दैनिक २ हजार ५ सय लिटर दूध संकलन हुँदै आएको संस्थाका सचिव बुद्धिराज गौडेलले जानकारी दिए।
यो संस्थाले पोखराको लव कुश डेरीमा दूध बिक्री गर्दै आएको र बजार बन्द भएसँगै बिक्री वितरणमा समस्या आएको गौडेले बताए ।

दूधको माग घटेका कारण १ दिन विराएर दूध बजार पठाउने गरिएको सहकारीले जनाएको छ । चिर्दिखोलाकोे चिसापानी दुग्ध सहकारी संस्थामा पनि दूध
संकलन गने काम बन्द रहेको छ । सहकारीका व्यवस्थापक यज्ञप्रसाद शर्माले किसानलाई कोरोनाका कारण गरिएको निषेधाज्ञाले समस्या पारेको शर्माले बताए ।

यो सहकारीले पनि दैनिक तीन सय लिटर दूध बजार पठाउने गरेको छ । यो सहकारीले नि’षेधाज्ञा जारी भएयता किसानको दूध लिन छोडेको छ । किसानहरु
दूध नबिकेर समस्यामा परिरहँदा सहजीकरणमा कुनै निकायले भूमिका खेलेका छैनन् ।

ढुवानीमा जिल्ला प्रशासनले खुल्ला गरेपनि बजारमा बिक्री गर्ने पसलहरु बन्द हुँदा किसानको दूध उपभोग हुन नसकेको हो ।
बजारमा बिक्न छोडेपछि सहकारीले दूध लिन मानेका छैनन् । यसका कारण किसानहरु प्रत्यक्ष मारमा परेका हुन् । कारोबारडेलि बाट साभार गरियको