Saturday, October 23
Shadow

छोराले कोक पिउँदा हैरान हुन्थे रोनाल्डो ! यस्तो छ कोक र रोनाल्डोको कहानी !

क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल हटाउँदै पानी पिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो हेर्नुस ।

रोनाल्डोले हंगेरीविरुद्धको खेलअघि यस्तो गरेका थिए ।रोनाल्डो यस्ता सफ्ट ड्रिङ्क र जंक फुडबाट टाढै रहन चान्छन् । छोरा क्रिष्टियानो
जुनियरले कोकाकोला र क्रिप्स् खाँदा पनि आफु हैरान हुने गरेको उनले यसअघि बताएका थिए ।

‘कहिलेकाँही उसले कोक पिउँछ र क्रिप्स् पनि खान्छ। यसले मलाई हैरान बनाउँछ भन्ने पनि उसलाई थाहा छ’
रोनाल्डोले गत डिसेम्बरमा फुटबल इटालियासँग भनेका थिए ।

रोनाल्डोका छोरा युभेन्टस्को युथ एकेडेमीबाट खेल्छन् र उनले धेरै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । त्यहीकारण ११ वर्षका
यी बालक बाबुको पदचाप पछ्याउँदै फुटबलमा लाग्ने अनुमान गरिएको छ ।

यद्यपी, रोनाल्डोले आफ्ना छोरालाई फुटबलर बन्न दबाब भने नदिने बताएका छन् । रोनाल्डोका चार छोराछोरीमध्ये क्रिष्ट्रियानो जेठा हुन् ।
त्यस्तै छोरी इभा र माटियो जुम्ल्याहा हुन् । यी तीनवटै सन्तानका आमाको परिचय गोप्य छ ।

जर्जिना रोड्रिग्वेजतर्फ रोनाल्डोकी एक छोरी छिन् । उनको नाम एलाना मार्टिना हो । रातोपाटिबाट साभार गरियको खबर