Saturday, October 23
Shadow

बिग्रेका छोरा सुधार्ने जिम्मा बुहारीलाई कहिले सम्म ?

हालैको एकदिन तराईको उखुम गर्मीले छ’टपटाउँदै बार्दलीमा बसेर हावाको प्रतीक्षा गरिरहेको थिएँ। हातमा बिजय कुमारको पछिल्लो पुस्तक
सम्बन्धहरु थियो। आँखा पुस्तकका पंक्तिहरुमा अडिन खोजे पनि कान घरभित्रको गन्थन मन्थनतिर अलमलियो।

आमा र अन्टीहरुको गफगाफ चल्दै थियो। टोलको समूह बैठक पनि भएकाले महिला जमघटको दिन परेको। त्यस्ता भेलाहरुमा मलाई खासै चासो लाग्दैन।

त्यस्ता अवसरमा अक्सर गफ खुब चल्छ जुन हाम्रो घरमा रुचिको विषय कहिल्यै बनेन। तर बैठकको निहुँ भएकाले त्यस्ता गफगाफलाई रोक्ने
कुरा पनि भएन। नचाहेरै कानमा परेका गन्थन मन्थनले मेरो ध्यान खिच्दै लग्यो। क्रमशः भित्रबाट आइरहेका अनेक प्रसंगहरुप्रति दिमाग चनाखो हुँदै गयो।

टोल समूहमा पेशाले महिला अधिकारकर्मी एकजना पढालेखा अन्टी हुनुहुन्छ। उहाँसँग मेरो मतभे’द भइरहन्छ। टोलसमाजका घर-घरमा
के भइरहेको छ, अधिकांश जानकारी उहाँलाई हुन्छ।

त्यसरी छरछिमेकीको विषयमा चासो राख्नु निकटताको हिसाबले राम्रै होला। तर सबैका व्यक्तिगत मामिलामा समेत चासो राख्नु
कति जायज होला? ती अन्टीको व्यवहारले ममा बारम्बार उठिरहने यो प्रश्न उहाँ स्वयमलाई भने सोधेको छैन।

त्यस दिनको बैठकमा पनि उहाँ कसैलाई सल्लाह दिँदै हुनुहुन्थ्यो- ‘आ दिदी, तपाईं पनि छोरो बि’ग्रियो भनेर कति पि’र गर्नहुन्छ?
खुरुक्क एउटा केटी खोजेर बिहे गर्दिनुस् न, सुध्रिहाल्छ नि।’

कुरैकुरामा यो संवाद कानमा परेपछि भने मेरो जासुसी दिमाग उद्देश्यपूर्वक नै त्यही बैठकमा केन्द्रित भयो। सामुन्ने बसेर सुन्ने र
सुनाउनेहरुका लागि सामान्य गन्थनकै विषय थियो। तर अलि परबाट सुन्ने साक्षी बनेको मलाई भने त्यो मामिला निकै ग’म्भीर लाग्यो।

सानै छँदादेखि महिला सश’क्तिकरणका ठूलाठूला कुरा उहाँका मुखबाट सुन्दै आएकाले ती अन्टीलाई पहिले म साँच्चै नारी आदर्श मान्दथेँ।
अलि समय अघि मात्र कान्तिपुरको शनिबारे अंकमा प्रकाशित मेरो एउटा अनुभवजनित आलेख पढेपछि उहाँले भन्नु भएको थियो- ‘
तिमी आजकल खुब वि’द्रो’ही भएकी छौ त सानी, के भयो त्यस्तो?’

उहाँको त्यस्तो प्रश्नवाचक प्रति’क्रियाको जवाफमा मैले भनेको थिएँ- ‘समाचार बटुलेर मात्र हुँदो रहेनछ अन्टी, सामाजिक सम’स्याको
स’माधान खोज्न चर्कै आवाज चाहिँदो रहेछ।’

मेरो त्यो जवाफमा उहाँले कुनै टिप्पणी गर्नु भएन। बरु राति सुत्नेबेला ममीले आफूभन्दा ठूलासँग आइन्दा त्यसरी मुखमु’खै नलाग है छोरी
भनेपछि म झ’संग भएँ। किनभने बिहान ती अन्टी र मबीचको संवादमा ममी हुनुहुन्न थियो। तर मेरो जवाफमाथिको प्रत्युत्तर उहाँले सोझै ममीलाई सुनाउनु भएछ।

त्यस दिन ममीलाई त मैले आइन्दा त्यसरी चर्को स्वर नगरौँला भनेर शान्त बनाएको थिएँ। तर त्यही कुराले मनमा भने अशान्ति म’डारि’इरहेको थियो।
बैठकको दिन तिनै अन्टीले अरु कसैलाई दिएको महिलामाथिको घा’तक सल्लाहले मलाई सोच्ने विषयको एक भारी बहाना बोकाइदियो।

भित्रको संवादबाट के थाहा भयो भने टोलकै एकजना दाजु ला’गु पदा’र्थको ‘कुलतमा फ’स्नु भएछ। सुधार र पुनर्स्थापनाका
लागि गरिएका अनेक प्रयत्नहरु नि’स्फल भएछन्।

उनका विषयमा सारा वृतान्त सुनेपछि तिनै अन्टीले त्यसरी ‘ला’गु औष’धको अधिनमा पुगेका दाजुकी आमालाई सुधारका लागि
एउटी केटी खोजेर बिहे गरिदिनुपर्ने उपाय सुझाउनु भएको थियो।

त्यति वास्तविकता स्पष्ट भएपछि चुपचाप बस्न सकिनँ। अनि त मभित्र तत्कालै अर्को अति’वाद उदायो।

त्यसपछि उठेर भित्र गएँ र आँट निकालेरै भनेँ- ‘ए अन्टी, मेरी एउटी साथी छिन्, त्यसरी नै कु’लतमा फसेकी। हजुरको छोराको बिहे उनैसँग
गरि’दिऊँ न, हुन्छ? किनभने हजुरको छोरा निकै सोझो, भलाद्मी र इमा’न्दार पनि हुनुहुन्छ। मेरो साथी सुध्रिन्छे कि! जीवन त सबैको उति नै अमूल्य होइन र?’

त्यति भनेर म आफ्नो कोठातिर लागेँ। ती अन्टी रिसले चू’र हुँदै के-के भन्दै हुनुहुन्थ्यो। मैले सुनेर फेरि अर्को प्रतिक्रिया दिने धैर्य राखिनँ।
किनभने मलाई त्यत्तिमै हदैसम्म असैह्य भइसकेको थियो।

यो लेखको बाँकी भाग पढन यहाँ थिच्नुहोला ।