Monday, January 17
Shadow

२४ घण्टामा को’रोना भा’इरसका कारण यति धेरैको मृ’त्यु

१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा
गरिएको एन्टिजेन परी’क्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा सं’क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्र’मणका कारण ४१ जनाको मृ’ त्यु भएको छ । सं’ क्रमणमुक्त हुनेको संख्या ४ हजार १८७ रहेको छ ।

काठमाडौं उपत्यकामा मंगलबार ५४५ जना को’रोना भाइर’सका सं’क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५४५ जनामा सं’क्रमण पुष्टि भएको हो।

त्यस मध्ये काठमाडौंका ४५५, ललितपुरका ७४ र भक्तपुरका १६ जना छन्। काठमाडौं उपत्यकामा ७७८३, भक्तपुरमा
२३१७ र ललितपुरमा ३२०३ सक्रिय सं’क्रमित छन्।

यता गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका प्रत्येक स्थानीय तहलाई १ करोड बजेट छुट्याएको छ ।

गण्डकी प्रदेशकको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सो कुरा बताएका हुन् ।

आज ७ वटै प्रदेशले बजेट प्रस्तुत गरिरहेका छन् । आन्तरिक मामिला तथा का’नून मन्त्रालयको जिम्मेवारीसमेत आफैंले लिएका
कारण मुख्यमन्त्रीले नै बजेट वाचन गरेका हुन ।

को’रोना सं’क्रमणबाट मृ’त्यु भएकाका परिवारलाई ५० हजार दिने पनि उनले घोषणा गरे । को’भिड-१९ का कारण अ’भिभावक गुमा’एका
बालबालिकालाई मासिक ५ हजार रकम उपलब्ध गराउने पनि मुख्यमन्त्री पोखरेलले बताए ।