Tuesday, December 7
Shadow

को’रोनाको बिषयलार्इ लियर अायो यस्तो निकै सुखद खबर ! एकपटक अवश्य पढनुहोला !

nepal press को रिपोर्ट
काठमाडौं । को’रोना संक्र’मणको ग्राफ ओरालो लागेसँगै अस्पतालहरु विस्तारै सामान्य अवस्थामा फर्किन थालेका छन् । महामारी उत्कर्षमा पुग्दा सबैभन्दा बढी
चाप व्यहोरेका टेकुदेखि टिचिङसम्मका अस्पतालमा हामीले आज स्थलगत अनुगमन गर्दा महामारी निकै हदसम्म शान्त भइसकेको भान भयो । भिडियो हेर्नुस।

एक महिना अगाडिसम्म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका आँगन र कोरिडोर पनि भरिभराउ हुन्थे । अहिले त्यो अवस्था छैन ।
अस्पतालको इमर्जेन्सी वार्डमा बिरामीको संख्या न्यून देखिएको छ । हामी पुग्दा इमर्जे’न्सीका केही बेडहरु खाली थिए ।

जेठको पहिलो साता यस अस्पताले १ सय ३७ जनासम्म को’भिडका बिरा’मी राखेर उपचार गर्‍यो । अहिले ८७ जना बिरा मी उपचाररत छन् ।
‘जेठको पहिलो सातासम्म ४० जनाभन्दा बढी बिरामीलाई आँगनमा राखेर उपचार गर्न बाध्य थियौं । दोस्रो हप्तापछि विस्तारै घट्दै गयो,’
अस्पतालका निर्देशक डा. सागरराज भण्डारी भन्छन् ।

बिरामीहरू काठमाडौं बाहिरबाट विशेष उपचारका लागि अस्पतलाल आइरहेका छन् । धादिङ, गोरखा, सिन्धुपाल्चोक, काभ्रे लगायतका
जिल्लाबाट आउने गम्भी’र प्रकृतिका बिरामीको संख्या भने कम नभएको डा. भण्डारी बताउँछन् ।

डा. भण्डारीका अनुसार इमर्जे’न्सीमा बिरामी घटे पनि आ’इसोलेसन र आइसीयू भने अहिले पनि लगभग प्याक छन् । आइसो’लेसनमा रहेको
४० बेड सबै प्याक छन् भने २८ वटा आइसी’युमध्ये एउटा खाली छ ।

टेकुलगायत काठमाडौंका अन्य अस्पतालमा पनि को’भिडका संक्र’मितहरू घटेसँगै कोभिड बेड खाली हुने क्रम बढ्दै गइरहेको छ । काठमाडौंको
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अहिले को’भिडका बिरामी १ सय ५७ जना छन् ।

अस्पतालमा को’भिडको ६० वटा वार्ड अहिले खाली भएको अस्पतालका को’भिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दास बताउँछन् ।
उनका अनुसार आकस्मिक कक्ष पनि खाली हुँदै गइरहेका छन् । आइ’सीयु बेड भने प्याक रहेको दासले बताए ।

‘आइ’सीयु ५७ वटामा ५७ वटै प्याक छ,’ उनी भन्छन् ।डा दासका अनुसार अहिले सं’क्रमितहरूमध्ये बाहिरबाट आउने क्रम केही बढेको छ ।
पाटन अस्पतालमा २ सय को’भिड बेडमा १ सय ३० खाली छन् । अस्पतालका कार्यकारी निर्देशक डा रवी शाक्यका अनुसार आइसी’यु भने भरिभराउ नै छन् ।

वीर अस्पता’लमा पनि आइसीयुबाहेक जनरल वार्ड भने खाली हुँदै गएका छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा जागेश्वर गौतमका
अनुसार जम्मा १ सय ३० बेडमा मात्र संक्रमित छन् ।‘आइसीयु पनि अभाव हुन नदिन १८ वटा आइसी’यु बेड व्यवस्थापन गर्दैछौं । केही दिनमा
तयार हुन्छ,’ उनले भने राष्ट्रिय ट्रमा सेन्टरले विस्तारै कोभि’ड वार्ड हटाएर ट्रमा नै सुरु गर्दैछ ।

‘नयाँ को’भिडको लागि अब भर्ना लिँदैनौं । किनकि अन्य अस्पतालमा नै सहजै बेड पाइन्छ,’ अस्प’तालका निर्देशक डा. सन्तोष पौडलले भने ।
अ’स्पताललमा को’भिडका ४० जना बिरामी छन् । जसममध्ये आइ’सीयुमा १० जना, ३० जना वार्डमा छन् ।

ननको’भिडका बिरा’मी बढ्दै

अस्पतालहरूमा को’भिडका बिरामी घटेसँगै न’नकोभिडका बिरामी बढ्दैछन् । टिचिङमा अहिले ननको’भिडका बिरामी संख्या २ सय ८० पुगेको छ ।
यो केहीदिन यता बढ्दै गएको हो । डा. दासका अनुसार हाल अस्प’तालको को’भिडका वार्डलाई कन्भर्ट गरेर तत्काललाई ननकोभिड बनाइएको छ ।

पाटन अस्पतालमा पनि नन’कोभिडका बिरामी विस्तारै बढ्दै गएका छन् ।

‘हाम्रो अस्पतालमा ननको’भिडका बिरामी लकडाउनअघि फूल हुन्थे । लकडा’उनपछि घटेका थिए । फेरि अहिले विस्तारै बढ्न थालेका छन्,’
कार्यकारी निर्देशक डा शाक्यले भने । साभार यहाँबाट गरियको