Saturday, October 23
Shadow

ट्यांकर चालकले रोके पेट्रोलियम पदार्थको ढुवानी ! रोक्नुको कारण भने यस्तो !

कोरोनाविरु’द्धको खो’प उपलब्ध नभएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी ब’न्द गरेका छन् ।

पकटपटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकहरूले आइतबारदेखि ढुवानी बन्द गरेका हुन् । यसबाट निजी पम्पहरू
प्रभावित भएका छन् । सरकारले अत्यावश्यक सेवामा बन्द, हड्ताल गर्न नपाउने गरी कानु’न लागू गरेको स्थितिमा ढुवानी बन्द भएको छ ।

चालक संघका अध्यक्ष इश्वर लामाले आइतबारदेखि बरौनी, अमलेखगञ्ज क्षेत्र तथा आन्तरिक ढुवानी रोकिएको जानकारी दिए । ढुवानीकर्ताको अवरो
धका कारण आज पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमको बागमती प्रादेशिक डिपो थानकोटले जनाएको छ ।

मंगलबारदेखि निषे’धाज्ञामा केही खुकुलो भएसँगै पेट्रोलियम पदार्थको अभाव हुन सक्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले जनाएको छ ।
आइतबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिँदा मंगलबारदेखि अभाव हुनसक्ने एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा १७६ वटा निजी पेट्रोल पम्प सञ्चालनमा छन् ।

सीसीएमसीसँग खोप माग

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तु तथा सेवा प्रवाह गर्ने व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरेको छ । को’भिड सं’कट
व्यवस्थापन केन्द्रलाई पत्र लेख्दै उद्योग मन्त्रालयले पेट्रोल तथा ग्यास व्यवसायीलाई लगाउन १ लाख ५७ हजार ५ सय ९६ डोज खोप उपलब्ध गराउन माग गरेको छ ।

नेपाल पेट्रोलि’यम डि’लर्स राष्ट्रिय महासंघलाई १० हजार ३ सय ४६ डोज, नेपाल ट्रक यातायात व्यवसायी महासंघलाई १ लाख ४० हजार डोज र
ग्यास बिक्रेता महासंघलाई ४ हजार ६ सय डोज खोप उपलब्ध गराउन मन्त्रालयले माग गरेको छ ।

यस्तै, नेपाल पेट्रोलियम ट्यांकर चालक संघ थानकोटलाई १५ हजार, नेपाल आयल निगमलाई १ हजार डोज र साल्ट ट्रेडिङ कर्पोरेशनलाई १५० डो
ज खोप उपलबध गराउन माग गर्दै मन्त्रालयले सोमबार कोभि’ड सं’कट व्यवस्थापन केन्द्रलाई पत्र लेखेको हो । रासस शिलापत्र बाट साभार गरियको