Monday, October 25
Shadow

केटीको कपडा लगायर गर्लफ्रेण्डको बिहे मण्डपमा पुगेपछि

प्रेममा मान्छे पागल हुन्छ भनिन्छ । भारतको उत्तर प्रदेशमा हालै एउटा यस्तै घट’ना भएको छ । तल थिचेर भिडियो हेर्नुहोला ।

आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन थालेपछि रन्थनिएका एक युवक बेहुली बनेकी प्रेमिकालाई भेट्नका लागि केटीको भेष
गरेर बिहे स्थलमा छिरे । तर, विडम्बना उनी प’क्राउ परेका छन् ।

उत्तर प्रदेशको भादोही जिल्लास्थित एक गाउँमा यो घट ना भएको हो।

एकजना युवक बेहुलीको जस्तै पहिरनमा सजिएर आफ्नी गर्लफ्रेण्डको घरमा छिरे । उनकी गर्लफ्रेण्डको अर्कै केटासँग बिहे निधो भएको थियो र
बिहेको तयारी पनि चलिरहेको थियो ।

बेहुली पहिरन लगाएका ती युवकले नक्कली कपाल, सिँगारपटार गरेका थिए र काँधमा लेडिज ब्याग भिरेका थिए ।
साथै उनले महिलाले लगाउने स्याण्डिल लगाएका थिए ।

उनी गर्लफ्रेण्डको घरभित्र लुसुक्क छिरे र बेहुलीसँग भेटाइदिन अनुरोध गरे । तर उनको जीउडाल तथा हाउभाउ देख्दा
बेहुलीका घरका मान्छे सशंकित भए ।

बेहुलीका घरका मानिसले आशंका गरेपछि ती युवकले लामो समयसम्म केटी भएको बहाना गरिरहन सकेनन् । अन्ततः उनको पोल
खुल्यो र त्यहाँ उपस्थित मानिसहरुले उनलाई समाति’हाले।

जब उनलाई समातेर उनको घुम्टो तथा नक्कली कपालसमेत हटाइयो तब सबैजना तीनछक परे ।

उनलाई प्रह’रीमा बुझाउनका लागि पुलिसलाई फोन गर्ने तयारी भैरहेको थियो । तर अकस्मात ती युवक त्यहाँबाट भाग्न सफल भए ।
उनलाई घर बाहिर उनका दुईजना साथीहरुले कुरिहेका रहेछन् । उनै साथीहरुसँग उनी त्यहाँबाट बाइकमा सुइँकु’च्चा ठोके ।

ती युवक बेहुलीका भूपू प्रेमी रहेको बुझिएको छ । तर उनी बिहेको दिन किन बेहुली पहिरनमै उनलाई भेट्न आए भन्ने चाहिँ खुलेको छैन ।

एजेन्सी अनलाइन खबर बाट साभार

यो पनि हेर्नुहोस
निशा घिमिरेको ४ वर्षअघि रेकर्ड गरिएको अन्तरबार्ता यस्तो रहेछ ( भिडियो सहित हेर्नुस)