Friday, November 26
Shadow

कुनै पनि बहानामा असार १ गतेबाट भदौ मसान्तसम्म यस्तो कार्य गर्न नपाइने, गरेको खण्डमा कारबाही हुने

काठमाडौ। असार १ गतेबाट कुनै पनि बहानामा सडक खन्न नपाइने भएको छ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गर्दै असार १ गतेबाट भदौ मसान्तसम्म मातहतको सडक धारा,
ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्न नपाइने जनाएको हो।

साथै कुनै पनि सडक खन्न स्वीकृति नदिइने आइतबार सूचनामा उल्लेख छ। कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक
सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने कार्यालयले जनाएको छ।

बर्खामा सडक खन्दा तत्कालै मर्मत सम्भार गरि यथास्थितिमा ल्याउन नसकिने र थप विग्रदै जाने भएकाले बर्सेनि असारदेखि भदौ
मसान्तसम्म सडक खन्न रोक लगाइन्छ।

संघीय सुपरि’वेक्षण तथा अनुगमन कार्यालय काठमाडौं अन्तर्गत उपत्यकासहित विभिन्न जिल्लाका सडकहरु पर्दछन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले खानेपानीको पाइप मर्मतका लागि सयौं ठाउँमा खनिरहेको छ। चक्रपथमा
खानेपानी तथा ढल निकास विभागले पाइपहरु हाल्दैछ। सडक खनेर समयमा मर्मत नगर्दा सडकहरु हिलाम्मे
हुन थालेका छन्। सोही कारण सडक खन्न रोक्न लागिएको हो।

bizmandu. com बाट साभार गरियको खबर

यस्तै पोखरा–बुटबल सडक खण्ड बन्द

हिजो देखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरु’द्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालि
–२ भा’लुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अ’वरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्र
हरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–बुटबल सडक खण्ड बन्द भएको हो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि
पहिरो झरि’हेको प्रहरी प्रवक्ता अधिकारीले बताए।

सडक विभाग तथा सम्बन्धित निकायसँगको समन्वयमा बाटो खुलाउने कार्य थालिए पनि पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने भएको छ ।
सडकमा अहिले सवारी साधनहरुको जाम रहेको छ । अाजको अर्थबाट साभार गरियको

प्रतिकात्मक तस्बिर