Friday, November 26
Shadow

विज्ञानको चामत्कारिक विकासले भविष्यमा जीवित बन्ने आशामा यसरी राखियको छ १४६ जनाको ला’श

तपाईंले हलिउडका विभिन्न साइन्स फिक्सन फिल्महरु हेर्नुभएकै होला । केही साइन्स फिक्सन फिल्ममा क्रायोजेनिक च्याम्बरको विषय समावेश गरिएको हुन्छ ।
त्यस्ता क्रायोजेनिक च्याम्बरमा फिल्मका पात्रहरुले आफ्नो शरीरलाई लामो समयसम्म फ्रिज गर्ने र वर्षौंपछि त्यस्ता च्याम्बरबाट निस्किँदा ज्यूँका त्यूँ रहने दृश्यहरु फिल्ममा हेर्न पाइन्छ ।

क्याप्टेन अमेरिका नामक फिल्ममा त ७० वर्षसम्म बरफमा जमाएर राखेपछि पनि मानिसलाई पुनः जीवित गराउन सकिने कथा समावेश छ ।

हालै करेन्ट बायोलोजी नामक विज्ञान पत्रिकामा एउटा शोध प्रकाशित भयो । जसमा रुसको साइबेरियामा २४ हजार वर्षसम्म हिउँमा जमेर रहेको
डेलाइट रोटिफर नामक सूक्ष्म जीव जीवितै रहेको तथ्य पत्ता लागेको छ । यो सबैलाई आश्चर्यजनक शोधको रुपमा रहेको छ ।

यी सबै तथ्यहरुलाई हेर्दा एउटा प्रश्न स्वभाविक रुपमा उठ्छ के मानिसलाई समेत लामो समयसम्म क्रायोजेनिक निद्रामा राखेर पुनः जीवित गराउन
सकिन्छ ? के भविष्यमा कुनै त्यस्तो प्रविधिको विकास होला जसले मरे’का मानिसलाई पनि पुनः जीवित गराउन सक्नेछ ? यही विश्वासका साथ अमेरि
काको एरिजोनास्थित अ’ल्कार लाइफ एक्सटेन्सन फाउन्डेसनले १४६ जना मानिसको श’वलाई सुरक्षित ढंगले क्रायोजेनिक च्याम्बरमा राखेको छ । भविष्यमा
विज्ञानको मद्दतले ती मानिसहरुलाई पुनः जी’वित बनाउन सकिने विश्वास उसको छ ।

एरिजोनाको फोनिक्समा रहेको उक्त फाउन्डेसनले ती मानिसहरुको मृ’त शरीरलाई एक विशेष खालको क्रायोजेनिक च्याम्बरमा राख्छ जसले जीवि त
छँदै भविष्यमा पुनः दोस्रोपटक जीवित बन्ने इच्छा जाहेर गरेका हुन्छन् । ती विशेष च्याम्बरमा निकै कम तापक्रममा श’वलाई राखिएको हुन्छ ।

कम तापक्रममा राख्नाले मृ’तकको शरीरमा कुनै पनि परिवर्तत तथा क्ष’यीकरण हुँदैन र शरीर जस्ताको तस्तै रहन्छ । अल्कार लाइफ एक्सटेन्सन
फाउन्डेसनले आफ्नो वेबसाइटमा यस प्रविधिको बारेमा विस्तृत व्याख्या गरेको छ ।

मृ’त शरीरलाई यसरी विशेष खालको क्रायो च्याम्बरमा राख्दा झण्डै साढे २ करोड रुपैयाँ बराबरको खर्च लाग्दछ । त्यसैले धनाढ्य परिवारका
व्यक्तिहरुले आफ्ना मृ’तक परिवारजनको श’व त्यसरी सुरक्षित राख्न सक्दछन् ।

हालसम्म यो संस्थाले १४६ जनाको ‘श’व क्रायोजेनिक रुपमा एक विशेष तरिकाले तरल नाइट्रोजनमा राखेको छ । त्यसमा प्रथम विश्वयु’द्ध’का
एकजना सिपाहीको श’व पनि रहेको छ । त्यहाँ राखिएका मृ’तकका परिवारजनलाई यो आशा छ कि भविष्यमा विज्ञानको चामत्का
रिक विकासले गर्दा ती मृ’तकलाई पुनः जीवित गराउन सकिनेछ । अनलार्इन खबरबाट साभर गरियको