Tuesday, January 18
Shadow

भर्ना गरिएको पहिलो दिनमै निशाको स्वास्थ्यमा यस्तो सुधार देखियो, उपचारका लागि आर्थिक सहायता पनि जुट्दै

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार देखिएको छ । उपचारका लागि
सहयोग गरिरहेको नवजीवनका संस्थापक दुर्गानाथ दाहालका अनुसार भर्ना गरिएको पहिलो दिनमै उनमा सुधार देखिएको हो ।

जारी तस्विरमा उनको अनुहार ताजा र चम्किलो देखिएको छ ।

भारतमा तीनवर्षअघि सवारी दुर्घ’टनामा परेकी निशाको उपचार आर्थिक अभावले हुन सकेको थिएन । उनको उपचारमा परिवारले घरजग्गा पनि बेचेका थिए ।
नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।

उपचार गर्न नसकेपछि उनका बुबाले नवजीवनका संस्थापक अध्यक्ष दाहाललाई खबर गरेका थिए । त्यसपछि दुर्गानाथले निशाको उप
चार गर्ने पहल कदमी अगाडि बढाउँदै निशाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

त्यसपछि नवजीवन परोपकार समाजकी प्रमुख संरक्षक मेघा चौधरीले देखेपछि उनले नर्भिक अस्प’तालमा निशुल्क उपचार गरिदिने बताएकी थिइन् ।

यसैबीच, निशाको उपचारका लागि चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याणकारी कोषले ५१ हजार रुपैयाँ सहयोग प्रदान
गर्ने जनाएको छ । विभिन्न कलाकार र संघसंस्थाले पनि उपचारार्थ सघाउने जनाएका छन् । साभार नेपाल प्रेस डटकम

यो पनि पढनुहोस ।
तिन वर्षपछि निशा घिमिरेको उद्धार ! हाल निशा बोल्न सक्दिनन् । अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँ’सु बगाउने गर्छिन् ।