Tuesday, January 18
Shadow

काठमाडौं उपत्यका बासीलार्इ अायो दुखदायी खबर, आखिर जे नहुनु थियो भएरै छाड्यो !

काठमाडौं – महानगरपालिकाले खोपअभाव भएको जनाई को’भिड–१९ विरु’द्धको चि नियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ ।

कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो से ल खो प अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि
सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम स्थगन गरिएको जनाएको छ ।

कामपा स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले भन्नुभयो, “स्वास्थ्य सेवा विभागको खोप महाशाखाबाट भोलि(शुक्रबार)देखि खोप उपलब्ध गराउन नसक्ने जानकारी
आएपछि दुई दिनअगावै अभियान रोकिएको हो ।” तीन दिनका अवधिमा सो उमेर समूहका करीब २८ हजार नागरिकलाई पहिलो मात्राको खोप दिइएको
जनाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले कामपालाई ३२ हजार मात्र खोप उपलब्ध गराएकामा तीन दिनका अवधिमा २८ हजार प्रयोग भइसकेको छ ।

‘सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउछु भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौं अहिले २८ हजारलाई लगाइसके पछि रोक्नु परेको छ,’
जनस्वास्थ्य प्रमुख कुँवरले भने,’अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित भएको छैन ।’ कार्यक्रम अनुसार काठमाडौं महानगरले गएको मंगलबारदेखि
पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकी खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो ।

अर्को खबर काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली भई अहिले (बिहान) थोरै स्थानहरुमा पानी परिरहेको छ । भिडियो हेर्नुहोस ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टया
ङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

विभागका अनुसार आज साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम
वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी बर्षाको पनि संभावना रहेको छ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका केही
स्थानमा भारी बर्षाको सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच, हिजो (शुक्रबार) दिउँसोबाट नेपालमा मनसुन भित्रिएको छ । बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण
आजबाट नेपालमा मनसुन भित्रिएको हो ।

नेपालको पूर्वी भूभागहरु प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा भित्रिएको मनसुन एकदुई दिनमै देशैभरी फैलिने विभागले जनाएको छ ।

आगामी सातासम्म मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा तथा
थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । baahrakhari. com बाट साभार गरियको