Friday, November 26
Shadow

यि ठाउँमा भारी वर्षाको सम्भावना, सर्तक रहन सबैलार्इ आग्रह !

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली भई अहिले (बिहान) थोरै स्थानहरुमा पानी परिरहेको छ । भिडियो हेर्नुहोस ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टया
ङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

विभागका अनुसार आज साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम
वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी बर्षाको पनि संभावना रहेको छ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका केही
स्थानमा भारी बर्षाको सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच, हिजो (शुक्रबार) दिउँसोबाट नेपालमा मनसुन भित्रिएको छ । बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण
आजबाट नेपालमा मनसुन भित्रिएको हो ।

नेपालको पूर्वी भूभागहरु प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा भित्रिएको मनसुन एकदुई दिनमै देशैभरी फैलिने विभागले जनाएको छ ।

आगामी सातासम्म मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा तथा
थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । baahrakhari. com बाट साभार गरियको

यस्तै अर्को खबरः काठमाडौँ: बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संसदीय
म’र्यादा विप’तको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले उनलाई हदैसम्मको कार’वाही गर्न माग गरेका छन् ।

यस्तो माग गर्ने सांसदहरुमा डा अजयक्रान्ति शाक्य लगायत छन् । ‘आजको बैठकमा प्रदेश सांसद वैद्यले देशको कार्यकारी प्रमुखलाई संसदीय
मर्या’दाको समेत ख्याल नगरी दिएको अभिव्यक्ति खेदजनक छ,’ प्रदेश सांसद शाक्यले भने, ‘महात्मा गान्धीका ह’ त्या’रा नाथुराम विनायक गोड्से
उदाहरण दिँदै उनले देशको प्रधानमन्त्रीको ह’त्या गर्न तयार छु भन्दै दिएको अ’भिव्यक्ति क्ष’मा गर्न योग्य छैन । उनलाई ह’दैसम्मको का’रवाही गर्न माग गर्छौँ ।’

प्रदेशसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे बहसमा वैद्यले छलफल भन्दा बाहिरको विषयवस्तुको उठान गर्दै कार्यकारी प्रमुखकै ह’ त्या गर्ने
अभिव्यक्ति अरा’ जकताको प’राकाष्ट भएको पनि सांसदहरुको भनाइ छ ।

‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सांसद वैद्यको व्यक्तिगत अभिव्यक्ति हो कि कांग्रेसकै आधिकारिक धारणा हो प्रष्ट पर्नुपर्छ भन्ने हाम्रो
धारणा छ,’ शाक्यले भने, ‘सांसद वैद्यले ‘महात्मा गान्धीको ह’ त्यारा नाथुराम विनायक गोड्से बन्न कोही तयार छैन भने म बन्छु’भनी दिएको अभिव्य
क्ति भ’र्त्सनायोग्य छ ।’

सांसद वैद्यले प्रधानमन्त्रीले आफ्नो सत्ता बचाउन विभिन्न किसिमको हत’कण्डा अपनाइरहेको भन्दै नेपालको अहिलेको परिप्रेक्षमा नाथुराम गोड्से बन्नुपर्ने अ
भिव्यक्ति दिएका थिए । ‘नेपालको अहिलेको परिप्रेक्षमा खड्क ओलीलाई यसरी नै छाड्ने हो भने नेपाल खाइदिन्छ है, खाइदिन्छ है,’वैद्यले भने, ‘त्यसै
ले मेरो आग्रह चाँहि कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब, यो देश बचाउनका लागि कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्छु ।’