Monday, October 25
Shadow

कुलमान गयपछी फेरी लोडसेडिङ हुने हो त ? बिधुत प्राधिकरणले भन्यो यस्तो, पुरा खबर पढनुस

बिना जानकारी राजधानी काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बिजुली काटिन थालेपछि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक कारण बाहेक अन्य कुनै पनि रुपमा सम’स्या नभएको प्रष्टिकरण दिएको छ ।प्राधिकरणले तीन वर्षअघिदेखि नै विद्युत्भार कटौतीको अन्त्य भइसकेको र फेरि पनि त्यो अवस्था नआएको जनाएको छ ।

छोटो समयमा विद्युत् आपूर्तिमा अ वरोध हुन गएको भन्दै प्राधिक रणले बिजुली काट्न नपर्ने र विद्युतभार कटौतीको अवस्था नभएको समेत जनाएको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाले भने“ विद्युत्का उपभोक्ताको माग भन्दा आपूर्ति कम भएको अवस्थामा मात्रै लोडसेडिङ गर्नुपर्ने वाध्यता रहन्छ । हाल नेपालको विद्युत् प्रणालीमा प्राधिकरणको आन्तरिक, निजी क्षेत्रको उत्पादन र अपुग भएको बिजुली भारतबाट आयात गरिएको छ ।”

विद्युत् माग अनुसार नै बराबर आपूर्ति गरिराखेको कारणले वि द्युत्भार कटौ ती नभएको र भविष्यमा पनि नगरिने उनको भनाइ छ । राष्ट्रिय विद्युत् प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत् प्रसारण तथा आपू र्तिमा भएको अवरो धलाई विद्युत् कटौतीको रुपमा लिन नहुने प्राधिकरणको भनाइ छ ।

त्यस्तो न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम र सदैव प्रयासरत रहेको स्पष्ट पारिएको छ । विद्युतका पोल सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पूराना संरचना मर्मत सम्भार गर्न तथा बदली गर्ने जस्ता निरोधात्मक साथै सञ्चालन र विद्युत् प्रवाह भइरहेका संरचनामा आउने प्राकृतिक वा आकस्मिक सम’स्याको स’माधानार्थ समेत केही समय सम्बन्धित स्थानको विद्युत् आपूर्ति का’टेर तत्काल मर्मत सम्भार गरी आपूर्ति नियमित गरिएको प्रवक्ता तिम्सिनाको भनाइ छ ।

यही पुस १३ र १४ गते राष्ट्रिय विद्युत् प्रणालीमा केही समय अवरोध हुनुको पछाडि प्रणालीमा आएको समस्या भएको ठहर गर्दै प्राधिकरणले उक्त समस्या समेत भारप्रेषण केन्द्र र ग्रीड सञ्चालन विभाग मार्फत समाधान गरिएको स्पष्ट पारेको छ । प्राधिकरणले को’रोना म’हामारीको समयमा पनि विद्युत्का समस्त उपभोक्ता वर्गमा गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन कर्मचारी अहोरात्र खटिई सेवारत रहेको र कुनै पनि प्रकारको बिजुली कटौती नहुने भन्दै आश्वस्त तुल्याउने प्रयास गरेको छ ।

बिगुल न्युज बाट साभार गरियको